नागरिक पोष्ट News


पश्चिमी वायुको प्रभाव, आजपनि बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना

1.8K

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बुधबार देशभर मेघ गर्जन र हावाहुरीसहित आंशिक वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिम बंगालको न्यूनचापीय क्षेत्र तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावासँगै स्थानीय वायुको प्रभावले बुधबार देशका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

प्रिमनसुनी गतिविधि सक्रिय देखिएकाले अबको तीन दिन बिहान मौसम खुलेपनि दिउँसोपछि बदली भएर बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको विभागले जनाएको छ।

Must View