चेञ्ज ऐक्सन नेपालको सहयोगमा विद्यार्थीहरुका लागि आवश्यक पर्ने स्टेशनरी लगाएतका सामाग्री वितर
ललितपुर २१
चेञ्ज ऐक्सन नेपालको अध्यक्ष इन्दिरा घलेको सहयोगमा आज ललितपुर जिल्लाको जिल्ला समन्वयन समितिको कार्यालयबाट आर्थिक रुपमा कमजोर भएका र अन्य किसिमले जोखिममा परी पिछडीएका विभिन्न जिल्लाको ४२ जना छात्रा छात्रहरुलाई छ महिनाको लागि आवश्यक पर्ने स्टेश्नरी सामाग्री देखी व्याग,पानीको बोटल तथा आवश्यक सामाग्री वितरण गरिएको थियो । छ महिना पछि पुन सामाग्राी वितरण गर्ने र एक वर्षको लागि पुराउने सस्थाको लक्ष्य भएको संस्थाको अध्यक्षले बताउनु भयो ।सोही कार्यक्रममा सहभागी भएका भाईबहीनीहरुलाई न्ययम त्यगअज बलम द्यबम त्यगअज को बारेमा पनी सस्थाले जानकारी गराईएको थियो ।
ललितपुर जिल्लाको वडा नं. ५ को वडा अध्यक्ष विकासमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । चेञ्ज ऐक्सन नेपालले हरेक वर्ष यस्तो विपन्नमा परेका र अन्य किसिमबाट जोखिममा परि विद्यालय जान बाट वञ्चित भएका भाई बहिनीहरुलाई दिइने आवश्यक सामाग्रीले उनीहरुमा हौसला बढेको र यस्तो किसीमको कार्य सबै क्षेत्रमा रहेका व्यक्ति तथा सघं सस्थाहरुलाई आगामी दिनमा पनि गर्न प्रोत्साहन हुने साथै कसैको एक सानो सहयोगले कसैको भविष्य बन्ने जस्तो महत्वपुर्ण कार्य गरेको भन्दै वडाको वडा अध्यक्ष विकासमान श्रेष्ठले इन्दिरा घले लगायत टिमलाई धन्यवाद समेत दिनु भयो । साथै आफुले पनि आफ्नो क्षेत्रबाट सक्ने सहयोग गर्ने बताउनु भयो । सो कार्यक्रममा अभिभावकहरुको उपस्थितमा आएका बालबालिकाहरु विद्यालय सामाग्री पाएर धेरै खुशी र हर्सित देखिन्थे ।