नागरिक पोष्ट News


दुर्घटना बढेपछि सातदोबाटो कोटेश्वर खण्डमा सवारीको गति सीमा तोकियो

2.3K

फराकिलो बनेको चक्रपथको सातदोबाटो कोटेश्वर खण्डमा दुर्घटना बढेपछि ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारीको गति सीमा तोकेको छ ।

पछिल्लो समय सवारी साधनको अनियन्त्रित गतिका कारण दुर्घटना बढेको ठहर गर्दै ट्राफिकले सवारी साधनको अधिकतम गति सीमा तोकेको हो । अब सो मार्गको मुख्य लेनमा बढीमा ५० किलोमिटर प्रतिघण्टाको दूरीमा मात्र चलाउन पाइनेछ ।

यस्तै सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको गतिमा मात्र चलाउन पाइनेछ । ट्राफिकले यो नियम कडाईका साथ लागू गर्न विभिन्न प्रविधिको प्रयोग समेत गर्न लागेको छ ।

तोकिएभन्दा बढी गतिमा सवारी चलाएको पाइए तत्कालै सवारी साधन नियन्त्रणमा लिएर कारवाही गरिने ट्राफिक प्रहरी महाशखाले स्पष्ट गरेको छ । आइतबार मात्रै सो सडकखण्डमा भएको दुर्घटनामा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो ।

Must View