सिरहा - युवाहरुमा लागुऔषको प्रयोग बढ्दो, रोकथाम र नियन्त्रण गर्न विशेष अपरेसन सुरु
- आलोक यादव, सिरहा
युवाहरुमा लागुऔषको प्रयोग पनी पछिल्लो समय अत्यधिक वढेको भन्दै त्यसलाई रोकथाम र नियन्त्रण गर्न प्रहरी प्रमुख मनोज यादवले जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालय र चौकीहरुमा विशेष अपरेशनका वारेमा जानकारी दिई व्यापक रुपमा प्रहरी परिचालन गरीदै आएको बताउनुभयो । प्रहरी सेवामा लागेपछि आफ्नो सेवा अवधिमा समाजका लागी केहि गर्नुपर्छ भन्ने मान्यता राख्ने प्रहरी प्रमुख मनोज यादव अएपछि छोटो समयमै लागुऔषध कारोवार गर्ने र प्रयोग गर्नेलाई समेत कानुनी कटघरामा उभ्याउन सप्तरी प्रहरी सफल देखिएको छ । । पछिल्लो पटक सप्तरी प्रहरीले भारतीय सिमावर्ती नाका मोहनपुरबाट आइतबार लागूऔषध सहित एक जनालाई पक्राउ परेको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्वर २ स्थित मोहनपुरबाट ईलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित एक जनालाई प्रक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ६ स्थित कुडनवा बस्ने २५ वर्षीय श्रवण यादव रहेका छन् । उनको साथबाट १ सय १ बोतल लागूऔषध बरामद गरिएको छ । भारतबाट नेपाल तर्फ अन टेस्ट मोटरसाईकलमा आउँदै गर्दा यादवलाई चेक जाँचको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई आइतबारै सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै राजगढ गाउँपालिका वडा नम्वर २ स्थित कमलपुरबाट प्रहरीले मदिरा बरामद गर्दै ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ लगिरहेको अवस्थामा अवैध मदिरा सहित ६ जनालाई प्रहरीले पक्राउ गरिएको छ । उनीहरुले नेपालबाट अवैध रुपमा दिलवाले, कस्तुरी र मामाश्री नामक १६ कार्टुन १५ हजार मूल्य बराबरको रक्सी सहीत उनीहरुलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । पक्राउ परेका रक्सी र अभियुक्तलाई आवश्यक कारवाहीका लागि भंसार कार्यालय सप्तरी पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।