नागरिक पोष्ट News


ग्राभेल उत्खननले सयौ घरपरिबार उठिवास अवस्थामा, सिरहा

1.8K
  •  आलोक यादव, लहान 

सिरहाको धनगढीमाई नगरपालिकामा दिन प्रतिदिन बढ्दै गएको अवैध उत्खनन र चोरी निकासीले मानवबस्ती विस्थापित हुने अवस्थामा पुगेको छ । धनगढीमाई ८ स्थित रहेको महुलियाटोलमा अवैध उत्खनन गरी र चोरी निकासी भइरहेको छ । खानीका नाममा अवैध रूपमा भैरहेको उत्खननले मानवबस्ती जोखिममा परेको स्थानीय पवन महतो बताउँछन् । मानवबस्ती छेउमै तीव्र उत्खननका कारण त्यस गाउँटोलका करिब साढे पाँच सय मानिस विस्थापन हुने अवस्थामा पुगेको छ । स्थानीय रविया यादवले आफु तीन पुस्तादेखि बस्दै आएको छु । तर, ग्राभेल माटो उत्खननले यहाँबाट घरबार छोडेर भाग्नुपर्ने अवस्था आएको छ । बस्तीको चारैतिर खानी माफियाहरुले ठूलाठूला खाल्डो खनेर घरखेत नै उजाड्न थालिसक्यो ।’ उनले भने,‘ सिडिओ भेटेर भन्नुछ कि त अबैध उत्खनन रोक्नुस कि हामीलाई अन्यत्र सारिदिनुस ।’

निमुखा जनतालाई राहत पुग्ने काम जनप्रतिनिधिहरुले गर्छ सोचेको थिए यादवले भने,‘स्थानीय सरकारले राहत होइन झन समस्या दिए । बस्ती डुबाउने, बिस्ताथापित हुनेगरी भैरहेको उत्खनन रोकेर हामीलाई उद्धार गर्नुहोस भन्दै वडा कार्यालयदेखि नगरपालिकासम्म गुहार लगाउँदा पनि कसैले सुनेनन् ।’ अवैध उत्खनन गरी जिल्लाका स–साना सीमावर्ती नाका हुँदै भारत निकासीसमेत हुने गरेको छ । गाउँमा सडक निर्माण, मठमन्दिर निर्माण एवं अन्य घरायसी काम देखाउँदै झुक्याएर कारोबारीले अवैध उत्खनन गरी चोरी निकासी गर्दै आएका छन् ।

यद्यपि यस्ता अवैध कार्य बढ्दै गए पनि स्थानीय प्रहरी प्रशासनले नियन्त्रण गर्न सकेको छैन । डम्पिङ गरेर राखिएका तथा जिसिबी प्रयोग गरेर ग्राभेल पदार्थ दैनिकरुपमा २०० देखि ५०० टीपर यहाँबाट बाहिर पठाउने गरिएको पाइएको छ । उत्खनन गरेर विभिन्न स्थानमा डम्पिङ गरेर राखेको पाइए पनि स्थानीय प्रशासन र प्रहरीले वास्ता नगर्दा नियन्त्रणमा समस्या देखिएको हो । चोरी निकासी बढे पनि स्थानीय तहले वास्ता नगरेको चौतर्फी आलोचना आएपनि त्यसलाई व्यवस्थित गर्न अनुगमन थालेको छैन ।

 

Must View