नागरिक पोष्ट News


चर्चामा रहेकी “गलबन्दी” की लजालु मोडल अन्जली अधिकारी यस्ती छिन् (हेर्नुहोस् १८ तस्वीरहरू)

5.4K

युट्युबमा सार्वजनिक भएको गलबन्दी बोलको गीत छोटो समयमा धेरै पटक हेरिएको छ । गत वर्ष सार्वजनिक भएको ‘बोल माया’ बोलको गीतको प्रि-क्वेल ‘गलबन्दी’ जेठ ११ गते राती सार्वजनिक भएको थियो ।गीतमा गायक तथा मोडल प्रकाश सपुत र अञ्जली अधिकारी मुख्य भूमिकामा देखिएका छन् ।

बोल मायाको टिमले उक्त गीत बजारमा ल्याएको हो । उक्त गीतले २४ घण्टा बित्न नपाउँदै युट्युब ट्रेडिङमा पर्न सफल भएको थियो ।यो समाचार तयार पार्दा समेत गलबन्दी गीतको भिडियो युट्युबमा ट्रेन्डिङ्ग २ मा रहेको छ । गीतमा बोल माया भन्दा पहिलेको कथालाई देखाइएको छ ।

बोल माया गीतकै टिम रहेको सो गीतमा मौलिक र निकै उत्कृष्ट रुपमा माया प्रेमलाई विषय बनाइएको छ । गीतमा शब्द संगित र स्वर गायक प्रकाश सपुतको रहेको छभने उनलाई स्वरमा गायिका शान्ति श्री परियारले साथ दिएकी छिन् ।मोडल अञ्जली अधिकारीले अभियन गरेको भिडियोको छायांकन करण चैसिर र निर्देशन प्रकाश र सहनिर्देशन उनका भाई देबेन्द्र बब्लुले गरेका छन् ।गीत गल्बन्दीलाइ रेमिट्यान्स कम्पनी ‘सिटि एक्सप्रेस मनि ट्रान्सफर’ले भिडियो निर्माणमा सहयोग गरेको छ । गीतले अन्त्यमा बोल माया भाग २ को केहि कथा दिदै सबैलाई प्रतीक्षा गर्न पनि भनिएको छ ।

गीतले जति चर्चा पायो, त्यत्तिकैको चर्चा अहिले मोडल अंजली अधिकारीको भइरहेको छ । उनको अभिनय र सुन्दरताको चर्चा समाजिक संजालमा चुलिएको छ । अधिकारी बर्दियाको मैनापोखरीमा रहेको स्कुलमा पढिरहेकी थिइन् । त्यो समय बर्दिया महोत्सव आयोजना भयो । त्यहाँ बद्री पंगेनी, पशुपति शर्मा, शंकर विसी लगायत उपस्थित थिए । सानैदेखि नाच्न रुचाउने अन्जली अधिकारी पनि उक्त महोत्सवसम्म पुगिन् । बद्री पंगेनीको गीत गाउने पालो आयो । हातमा माइक समातेर बद्रीले बोले, ‘मैले जबसम्म गीत गाउँछु, त्यो बेलासम्म नाच्नेलाई पुरस्कार दिन्छु ।’ बद्रीले गीत गाउन सुरु गरे ।

अन्जली लगायतका धेरै सहभागी पुरस्कारको लागि नाच्न थाले । बद्रीले लगातार एकपछि अर्को गीत गाउँदै गए, अरु सहभागीहरु थाके । तर, अञ्जलीले अन्त्यसम्म नाचिरहिन् र ५ सय पुरस्कार पाइन् । त्यही मौकामा उनले बद्रीलाई आफ्नो नृत्यमा रुची हुनुका साथै म्युजिक भिडियो तथा चलचित्र खेल्ने रहर लागेको बताइन् । बद्रीले ‘हुन्छ’को आश्वसन दिए । एसएलसीपछि भागेर काठमाडौँ आएकि अंजनालाई स्कुल पढ्दा शिक्षक र साथीहरुले नृत्यको प्रशंसा गर्थे तर, परिवारमा आमाको मात्र समर्थन थियो । ‘बुबा र दाइ म नाचेको पटक्कै मन पराउनु हुन्नथ्यो’, उनी सम्झन्छिन् ।

२०७२ सालमा एसएलसी परिक्षा दिएपछि अन्जली भागेर काठमाडौं आइन् । बद्री पंगेनीलाई सम्पर्क गरेपछि उनकै निरमाया दोहोरी साँझमा काम पाइन् । उनी भन्छिन्, ‘हिराले हिरा चिन्छ रे । उहाँले मेरो प्रतिभालाई चिन्नुभयो ।’ भिडियो खेल्न घरबाट भागेकी अन्जली दोहोरी साँझमा नाच्न थालिन् । दोहोरी साँझमा काम गरेको भनेर नराम्रो नजरले हेर्ने अप्ठ्यारो पनि झेलिन् । तर, दोहोरी साँझ नै उनका लागि नृत्य सिक्ने पाठशाला बनिदियो । एकवर्ष काम गरेपछि बद्रिले एउटा गीतमा मोडलिङ गर्ने अवसर दिए ।

अञ्जलीले काम गरेको करिब २०० भन्दा बढि भिडियोमध्ये आधामा प्रकाश सपुत पनि थिए । अन्जली जस्तै भिडियो मोडलिङमा जम्न खोजिरहेका प्रकाशले आफैं गीत लेखेर भिडियोका लागि मोडलहरुलाई अफर गरे तर, धेरैले अस्विकार गरे । त्यसपछि उनले अञ्जलीलाई सम्झिए । त्यसबेला गाउँ पुगेकी अञ्जलीले गीत पठाउन भनिन् । घरमा त्यो गीत बजाउँदा बुबाआमासहित सबैले मन पराए । गीत मार्मिक थियो । त्योबेलासम्म बुबा र दाजुले पनि अञ्जलीको रुचीलाई सकारिसकेका थिए । उनले कोठामा एक्लै बसेर गीत बजाइन् र बेस्सरी रोइन् । गीतमा डुबेर रोएपछि उनलाई लाग्यो, म यो गीत गर्न सक्छु । त्यसपछि उनले प्रकाशलाई फोन गरिन्, ‘दाइ, म यो भिडियो गर्छु ।’

सारंगी रेटेर गीत गाएको सुटिङ सुरु हुँदै थियो । गाउँका धेरै मान्छे रमिता हेरिरहेका थिए । गीत बज्न थालेपछि सबैको आखाँ रसाए । अञ्जली र प्रकाशको पालोमा रोमान्टिक सिनहरु खिचियो । त्यसपछि अँध्यारोमा लिप्सिङसहित थिम खिच्न पर्थ्यो । अन्जलीमा गर्न सक्छु, सक्दिन भन्ने डर बढ्यो । लिप्सिङको सिन खिच्न सुरु भयो । जब गीत बज्यो अञ्जलीमा भूत चडेजस्तो भयो । उनले साँच्चीकै रुदै सिन दिइन्, जुन भिडियोमा आवश्यक थियो । साँच्चै रोएपनि मिलेको छ वा छैन् भन्ने डर थियो । सुटिङ सकियो, सबैको मुहारमा चमक थियो । तर, अन्जली खुसी हुन सकिरहेकी थिइनन् । जब भिडियो हेरिन् आफ्नो काम राम्रो पाइन् ।

‘बोल माया’ को भिडियो सार्वजनिक हुन ६ महिना लाग्यो । तर, सम्पादनपछि तयार भएको गीत सार्वजनिक कार्यक्रममा कसैको पनि आँखा ओभानो रहेन । युट्युबमा भिडियो आएपछि तुरुन्तै ट्रेण्डिङमा र्पयो । धेरैले गीतमा आफ्नो कथाब्यथा पाए । सामाजिक सञ्जालमा गीत भाइरल भयो । अन्जलीलाई गीत सफल हुन्छ भन्ने थियो तर, यो स्तरको सफलता हात लाग्ला भन्ने अनुमान समेत थिएन । बोल माया बोलको गीतले पाएको सफलतासँगै अञ्जलीको करियरले पनि ठूलो फड्का र्मायो । दर्शकस्रोतमाझ सामान्य चिनिएकी उनी गीतसँगै सुपर हिट भइन् । उनलाई एकै दिनमा पाँचवटासम्म गीतको अफर आउन थाल्यो । मेला(महोत्सव तथा विदेशमा हुने शोहरुमा उपस्थिति बाक्लिएको छ ।

हेर्नुहोस तलका तस्बिरः अञ्जली अधिकारीको सामाजिक सञ्जाल बाट …साभारः साझासन्जालबाट

Must View