विवाद तथा द्वन्द्व के हो ? फरक मत तथा विचार र संघर्षको टकराब
विवाद भन्नाले व्यक्ति समूह वा विचार बिचको बेमेल, मतभेद, मनोमालिन्यता, बिरोध वा फरक मत हो भने द्वन्द्व त्यसको विकसित रुप हो । द्वन्द्वले टकराब, संघर्ष र हिंसात्मक अवस्थासम्मको स्थितिलाई बुझाउँछ । यद्यपि विवाद तथा द्वन्द्वलाई एकै अर्थमा बुझ्ने आमप्रचलन छ त्यसैले यस लेखमा विवाद तथा द्वन्द्वलाई एकै अर्थमा हेरिएको छ ।
संगठनात्मक विवाद तथा द्वन्द्वले संगठनमा कार्यरत कर्मचारी–कर्मचारीबीच, पदाधिकारी–कर्मचारीका बीच, शाखा–विभागबीच, हित समूह र स्वार्थ समूह बीच संगठनभित्र हुने औपचरिक तथा अनौपचारिक समूहहरु बीच हुने आपसी मनोमालिन्य, अन्तरविरोध,मतभेद, टकराब, फरक मत तथा विचार र संघर्षको अवस्थालाई बुझाउँछ ।
विवाद तथा द्वन्द्वका प्रभाव
संगठनमा विवाद तथा द्वन्द्व असम्भावी हो । बहुलता एवं विधिता संगठनको विशेषता नै भएकाले बहुलताको व्यवस्थापन उचित हुन नसक्दा र कार्यवातावरणमा न्याय र समानता नहुँदा द्वन्द्व वा विवाद देखिनु स्वभाविक नै हो ।
यस सन्दर्भमा विवाद तथा द्वन्द्वले संगठनमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्दछ । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
विवाद तथा द्वन्द्वका सकारात्मक प्रभाव :
वादेवादे तत्व बोध जायतेः भने झैं वादविवादपछि मात्रै तत्व ज्ञान पाइने हुँदा विवादलाई सकारात्मक रुपमा लिइनुपर्दछ । यसअर्थमा द्वन्द्वले संगठनमा निम्न सकारात्मक प्रभाव पार्दछः–
संगठन, कर्मचारीका कमीकमजोरी सुधार हुन्छ ,
अन्वेषण,नवप्रवद्र्धन र सृजनशीलता बढाउँछ,
परस्परमा मेलमिलाप भई एकअर्काप्रति सम्मानको अवस्था बन्ने,
विरोधाभाषको अन्त्य भई आपसी समझदारी र भाइचाराको भावना प्रवद्र्धन हुन्छ,
संगठनमा उदार, परिवर्तनउन्मुख नयाँ नेतृत्वशैलीको विकास हुन्छ,
द्वन्द्वले पदीय, वर्गीय, लैङ्गिक विभेद र मनोमालिन्य घटाउँछ ।
अनेकौं नयाँ अवसर सृजना, परम्परागत कार्यशैली र ढाँचामा परिवर्तन, सृजनशीलताको विकास, संगठनको उत्पादकत्वमा वृद्धि हुन्छ।
विवाद तथा द्वन्द्वका नकारात्मक प्रभाव :
व्यवस्थापनमा भन्ने गरिन्छ, द्वन्द्व तथा विवाद संगठनमा देखापर्नु व्यवस्थापनको अक्षमता, अदूरदर्शीता र कमजोरीको द्योतक हो । द्वन्द्व व्यवस्थापनसम्बन्धी ज्ञान नहुँदा वा व्यवस्थापकीय कमजोरी रहँदा यसले विध्वंसात्मक र अकर्मण्यताको स्थिति मात्रै होइन कि संगठनमा गत्यावरोध सृजना गर्दछ । द्वन्द्व तथा विवाद देखापर्नु अगाडि नै सहजकता अपाउन नसक्दा र देखापरेपछि व्यवस्थापन गर्न नसक्दा संगठनमा द्वन्द्व तथा विवाद निम्तिन्छ । नकारात्मक द्वन्द्वलाई व्यवस्थापन र सकारात्मक द्वन्द्वलाई बढावा गर्न नसक्दा संगठनमा निम्न नकारात्मक प्रभाव पर्दछ ः–
द्वन्द्वले संगठनको कार्यप्रक्रियामा अवरोध सृजना गर्छ,
यसले संगठनको लक्ष्य र उद्धेश्य समयमै पूरा गर्न अवरोध पु¥याउँछ,
संगठनमा कलह, विवाद र हिंसा बढ्ने खतरा हुन्छ,
स्वार्थ समूहको प्रभाव कायम रहँदा संगठनको उत्पादकत्वमा ह्रास आउँछ,
आपसी विश्वास, सद्भाव र भाइचाराको खडेरी पर्न गइ संगठन झगडाको अखडा बन्न पुग्छ,
संगठनको आयस्रोत-आम्दानी घट्छ,
संगठनको ख्याति र साख (Good Will) गुम्छ । जसको कारण संगठनले वर्षौंसम्म पनि क्षती पूरा गर्न गाह्रो हुन्छ,
कर्मचारी र व्यवस्थापक बीचमा दुरी बढ्ने, कार्यमा असमझदारी बढ्ने र गतिरोध उत्पन्न हुने,
कर्मचारीहरुमा बेचैैनी हुने, संगठनप्रति नैराश्यता बढी भविष्यको चिन्ता आदिका कारण कार्यमा अनुपस्थिति दर बढ्ने र Turn Over पनि वृद्धि हुँदा संगठनको कार्यवातावरण जानेबुझेको, संगठनको अनुभवी कर्मचारीको अभाव रहन्छ ।