नागरिक पोष्ट News


न्युरोडमा स्मार्ट पार्किङ, अग्रिम बुक नगरे पार्किङ नपाइने

3.7K

स्मार्ट पार्किङ प्रयोगका लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्न सकिने

न्युरोडमा  स्मार्ट पार्किङ सुरु हुने भएको छ । अव्यवस्थित पार्किङले समस्या बढाएको बताउदै काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ सिस्टम सञ्चालन गर्नलागेको हो ।

सुरुमा न्युरोड क्षेत्रका पाँच स्थानमा सञ्चालन गर्ने तयारी छ ।

कम्पनीका आइटी को–अर्डिनेटर हरीष अग्रवाललका अनुसार न्युरोड क्षेत्रका रामेश्वरम, विशाल बजार, खिचापोखरी, धर्मपथ र पाकोमा स्मार्ट हुनेपार्किङ स्टिम लागू छ ।

स्मार्ट पार्किङ प्रयोगका लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्न सकिनेछ । एप डाउनलोडपछि आफूलाई पायक पर्ने ठाउँमा बुक गर्न सकिनेछ । एपमा रियल टाइम देखिनेछ । जसले पार्किङ स्पेस हेर्न सहज हुनेछ ।

पार्किङका लागि १५ मिनेटअघि बुकिङ नगरे बुकिङ गर्दा बाइक वा गाडीको नम्बर समेत इन्ट्री गर्नु पर्नेछ । बुक गरेको १५ मिनेटभित्र पार्किङ नगरे बुकिङ स्वतः रद्द हुनेछ ।

बुकिङ गरेको समयदेखि पार्किङ शुल्क लाग्ने छ । बाइकका लागि एक घण्टाको २५ रुपैया र गाडीका लागि ६० रुपैया लाग्ने छ । ‘सबै तयारी भइसकेको छ । ६० वटा भन्दा बढी सिसिक्यामेरा जडान गरिएका छन् ।

Must View