नागरिक पोष्ट News


सगरमाथा चढ्दा हालसम्म ३०८ भन्दा धेरै आरोहीको मृत्यु, कहिले कतिको मृत्यु ?

2.2K

सगरमाथा आरोपहणको प्रयास १९२१ मा भएको थियो । जबकी पहिलो सफलता १९५३ मा तेंजिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पाएका थिए । 

सगरमाथा आरोहण एक सबैभन्दा जोखिमपूर्ण यात्रा हो । हालसम्म ३०८ भन्दा धेरै आरोहीको मृत्यु भइसकेको छ । 

८८४८ मिटरको उँचाईको सगरमाथामा धेरै जसो मृत्यु ८००० मिटर वा त्यसभन्दामाथि हुने गरेको छ । यसलाई डेथ जोन भनिन्छ । सगरमाथामा मृत्यु हुनेहरुको शव ल्याउन निकै कठिन हुनेगर्छ ।

यसैले शव त्यहिँ छोडिन्छ । आरोहीहरुले शवअनुसारै बाटो पत्ता लगाउने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । सगरमाथामा रहेका शवहरुले नै नयाँ आरोहीहरुलाई सहि बाटो पत्ता लगाउन चिह्नका रुपमा काम गर्छन् । 

९८ वर्षबाट सगरमाथामा रहेका शवहरु सडेका छैनन । त्यहाँको तापक्रम न्यूनतम माइनस १६ डिग्रीदेखि माइनस ४० डिग्रीसम्म हुन्छ । यसै कारण त्यहाँ शव सड्दैनन् । 

सगरमाथामा मृत्युको प्रमुख कारण हिमपहिरो हो । 

कहिले कतिको मृत्यु 

१९७० मा ६ जनाको मृत्यु भएको थियो भने १९७४ मा पनि ६ जना पर्वतारोहीले ज्यान गुमाएका थिए । यस्तै १९९६ मा १२ जनाको मृत्यु भयो भने २०१४ मा १६   जनाको मृत्यु भयो । यस्तै २०१५ मा २२ जना पर्वतारोहीले ज्यान गुमाए । 

यो सिजनमा हालसम्म ११ जनाले ज्यान गुमाइसकेका छन् । 

हालसम्म नेपाल ११९ जना, भारतका १९, जापानका १९, बेलायतका १७, अमेरिकाका १५, चीनका १२, दक्षिण कोरियाका ११, अष्ट्रेलिया, जर्मनी, पोल्याण्ड र रुसका ७–७ जना, क्यानडा, फ्रान्सका ६–६ जना, चेकोस्लोभाविकयाका ५ जना, स्पेनका ४, बुल्गरिया, आयरल्याण्ड, न्यूजिल्याण्ड, स्विटजरल्याण्डका ३–३ जना, अस्ट्रिया, चेक गणराज्य, डेनमार्क, हंगेरी, स्लोभानिया, ताइवान, यूगोस्लाभियाका २–२ जना र अन्य मुलुकका १३ जनाको हालसम्म मृत्यु भएको छ । 

सगरमाथामा हालसम्म हिमपहिरोका कारण ६८ जना, लडेर ६७ जना, एक्सपोेजरका कारण २७, एल्टीट्युड सिकनेसका कारण २१, हार्ट अट्याकका कारण ११, थकानका कारण १५ र अन्य कारण ८३ जनाले मृत्यु वरण गरेका छन् । 

 

Must View