काठमाडौंको सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा ४ को मृत्यु ६ जना घाइते
नेकपा विप्लव समूहको संलग्नतामा राजधानीमा श्रृखलाबद्ध बम विस्फोट भएको छ । सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् ।
काठमाडौंमा विप्लवको बम विस्फोट, बनाउनेहरु नै मारिए
सुकेघारास्थित एक शैलुनमा र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो । सुरुमा सिलिण्डर विस्फोट मानिएको दुबै घटनामा प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नता भेटिएको छ ।
कोटेश्वरबाट ४ वटा कुकरसहित ७ जना विप्लव कार्यकर्ता पक्राउ
सुकेधारा बिस्फोटमा एकजनाको घटनास्थलमै र दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
सुकेधारामा बिस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको छ । विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको छ भने रविन केसी घाइते भएका छन् ।
चन्द्रगिरी नगरपालिका–३ इँटाभट्टा चोकमा बम विस्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा भएको विस्फोटमा आकाश लामा घाइते भएका हुन् । अर्का एकको पहिचान खुलेको छैन ।
लगनखेल, ग्वार्को, सातदोबाटो लगायतका स्थानमा पनि शंकास्पद बस्तु भेटिएको छ ।