नागरिक पोष्ट News


काठमाडौंको अनामनगर र सुकेधारामा बम विष्फोट, ३ को मृत्यु ५ जना घाइते

3.5K
 दुबै घटनामा विप्लवको संलग्नता

काठमाडौंमा विप्लवको बम विस्फोट, बनाउनेहरु नै मारिए

काठमाडौं । काठमाडौंका दुई स्थानमा आइतबार भएका छुट्टाछुट्टै विष्फोटका घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्ना भएको पुष्टी भएको छ । घटनामा ३ जनाको मृत्यु र ५ जना घाइते भएका छन् ।

अपडेट :घट्टेकुलो र सुकेधारामा विप्लवको विस्फोट : ३ जनाको मृत्यु, ६ घाइते

महानगरीय प्रहरी प्रमुख काठमाडौंका प्रमुख उत्तम सुवेदीका अनुसार दुबै घटना एकै प्रकृतिको भएको र दुबै घटनामा विप्लवका कार्यकर्ताको उपस्थिति देखिएकाले विस्फोट सोही समूहले गराएको प्रारम्भिक ठहर छ ।

चन्द्रागिरी नगरपालिकामा पनि बम विस्फोट, दुई घाइते

उनका अनुसार अनामनगरमा भएको विस्फोटमा विप्लव निकट क्रान्तिकारी विद्यार्थी संगठनका रविन केसी घाइते भएका छन् । विस्फोटमा मारिने भने सर्वसारण रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । संगम गल्ली नजिकको एक घरमा भएको विस्फोटमा घरधनी लोकमञ्जरी कार्कीको मृत्यु भएको जनाइएको छ ।

कोटेश्वरबाट ४ वटा कुकरसहित ७ जना विप्लव कार्यकर्ता पक्राउ

त्यस्तै सुकेधारामा भएको घटनामा विप्लव निकट नेवा मुक्ति मोर्चाका नेता सुरेन्द्र महर्जनको मृत्यु भएको छ । अर्का मृतकको परिचय खुलेको छैन । अन्य ४ जना घाइते भएका छन् ।

अनामनगरमा विस्फोट भएको घरमा विप्लव नेतृत्वको पार्टीले १३ गतेका लागि बन्द आह्वान गरेको पर्चा भेटिएकाले घटनामा सोही समूहको संलग्नता भएको आशंक रहेको प्रहरी प्रमुख सुवेदीले बताए ।

भोलिको बन्दका लागि बम तयार गर्दैगर्दा विस्फोट भएको हुन सक्ने प्रहरीको आशंका छन् । 

दुबै घटनास्थलमा थप बम भएको आशंकामा नेपाली सेनाको डिस्पोजल टोलीले खोजी सुरु गरेको छ भने त्यस क्षेत्र वरपरको सुरक्षा व्यवस्था कडा पारेको छ ।

Must View