नागरिक पोष्ट News


शेयर बजार यसरी उकालो चढ्दैछ, लगानी गर्ने सुवर्ण अवसर हुनसक्छ !

3.7K

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदा वर्षमा गाडीको गियर बदलेजस्तै गरेर दोब्बर, तेब्बर विकास गर्ने उद्घोष गरेसँगै पुँजी बजार मापक  नेपाल स्टक एकसचेन्ज (नेप्से) उकालो लागेको छ । प्रधानमन्त्री ओलीले मंगलबार एक कार्यक्रममा विकासको गति बढाउने उद्घोष गरेका थिए । प्रधानमन्त्रीको त्यस्तो उद्घोष आएको भोलिपल्ट बुधबार नेप्से ७.४९ विन्दुले बढ्न पुगेको थियो ।

प्रधानमन्त्री ओलीको पछिल्लो नयाँ वाणी आएसँगै नयाँ लगानीकर्ता शेयर बजारमा प्रवेश गरेको र उनीहरुले धमाधम शेयर किन्न थालेपछि बजार उकालो लाग्न पुगेको आकंँलन गरिएको छ ।

नयाँ वर्ष लागेसँगै निरन्तर उकालो लाग्दै आएको शेयर बजारमा पछिल्लो समय प्रधानमन्त्री ओलीको बोलीले आगोमा घिउ थप्ने काम गरेको एक ब्रोकरले बताए । उनले पछिल्लो समय नयाँ लगानीकर्ताले शेयर किनिरहेको खुलासा समेत गरे ।नयाँ वर्षमा मुलुक प्रवेश गरेसँगै शेयर बजार उकालो लाग्दै गएको छ । नयाँ बर्षको शुरुमा ११८८.७१ बिन्दुमा रहेको नेप्से बुधबारसम्म १३१९.६७ बिन्दुमा आइपुगेको छ । 

आर्थिकन्यूज

२०७३ साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से निरन्तर ओरालो लाग्दै आए पनि पछिल्ला दिनमा सुधारका संकेत देखिएका छन् । १२ सय अंकभन्दा तल आइपुगेको नेप्से १३१९.६७ अंकमा पुगेको छ । राष्ट्र बैंकले लगानीयोग्य पुँजी अभावको समस्या समाधान गर्न विदेशी बैंकबाट कर्जा ल्याउने व्यवस्था गरेको छ ।

यसले बैंकिङ प्रणालीमा देखिएको तरलता समस्या समाधान हुने र समग्र कर्जाको ब्याजदर घट्ने अपेक्षा गरिएकाले बजार बढ्न पुगेको विश्लेषकको भनाइ छ । आर्थिक वर्षको अन्त्यतिर सरकारी ढुकुटीमा रहेको रकम खर्च हुने र यसले बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव हट्ने अपेक्षा गरिएकाले पनि शेयर बजारमा सुधार आएको विज्ञहरु बताउँछन् ।

नयाँ वर्ष शुरु भएको ४० दिन नहुँदै नेप्से करिब १३१ बिन्दुले बढेको छ । नयाँ वर्ष लगानीकर्ताका लागि शुभ रहने संकेत देखिएको छ । पछिल्ला आर्थिक प्रतिवेदनले अर्थतन्त्र करिब ७ प्रतिशतको हाराहारीमा विस्तार हुने संकेत गरेका छन् । गत चैत १५ र १६ मा सम्पन्न लगानी सम्मेलनमा ठूलो मात्रमा विदेशी लगानी आउने अपेक्षा गरिएकाको छ । लगानी सम्मेलनपछि ३१ परियोजनामा लगानी गर्न विदेशी लगानीकर्ताबाट ४८ वटा आवेदन प्राप्त भएका छन् । लगानी बोर्डका अनुसार विभिन्न मुलुकका लगानीकर्ताबाट प्राप्त ती आवेदनको कुल लागत करिब २५ खर्ब रुपैयाँ रहेका छन् । 

उक्त विदेशी रकम नेपालमा आउने र त्यसले मुलुकको आर्थिक विकासमा काँचुली फेर्ने अनुमान गरिएको छ । यसले पनि मुलुकको ऐनाको रुपमा लिइएको शेयर बजार बढ्ने अनुमान गरिएकाले शेयर बजार बढ्न पुगेको हुन सक्ने बिज्ञहरुको भनाइ छ । ५ वर्षका लागि जनमत प्राप्त दुई तिहाइ सरकारले आर्थिक समृद्धिको नारासहित ५ वषैकै लागि नयाँ पञ्चवर्षीय योजना तयार गरेर विभिन्न नीतिगत र कानुनी सुधारको प्रयासमार्फत स्वदेशी तथा विदेशी लगानीकर्तालाई थप लगानी विस्तार गर्न प्रोत्साहित गर्न खोजिरहेको छ । 

विदेशी र स्वदेशी लगानीलाई प्रोत्साहन गर्ने नीति सरकारले बिज्ञहरु बताउँछन् । त्यतिमात्र होइन, ओली नेतृत्वको सरकारलाई पछिल्लो समय जनदबाब पनि बढेको छ । त्यसैले मुलुका लागि सरकारले केही गर्नैपर्छ ।

सन् २०२० सम्ममा अल्पविकसितबाट विकासशील देशमा उकाल्ने भनिएको छ । यसका लागि २० लाख पर्यटक भित्र्याउने तयारी पनि भइरहेको छ । २०३० सम्ममा  मध्यम आय भएको मुलुक सरह बन्ने अनि दीगो आर्थिक विकास लक्ष्यहरु प्राप्त गर्ने भनिँदै आएको छ । सरकारले त्यही अनुसार नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । चालू आर्थिक वर्षको बजेट पनि दीर्घकालीन लक्ष्यमा पुग्ने गरी ल्याउन लागिएको छ । 

यसअघि राजनीतिक परिर्वतनलाई बढावा दिँदै आइएको थियो । तर, अहिले स्थायी सरकार बनेकोले आर्थिक क्रान्तिलाई महत्व दिन थालिएको छ । यसले गर्दा पनि शेयर बजार बढ्न पुगेको बिज्ञहरुको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेको र लाभांश कति दिन सक्छन् भन्ने अनुमान गर्न थालिएकाले पनि शेयर बजार बढन पुगेको ब्रोकरको भनाइ छ । अन्य कारणभन्दा पनि बैंक तथा वित्तीय संस्थाको आम्दानी बढेकोले शेयर बजारमा सुधार आएको उनीहरुको भनाइ छ । मुलुकको समग्र आर्थिक स्थिति मजबुत हुने संकेत देखिएपछि सबैले शेयर खरिद गर्न थालेपछि नेप्से बढेको बिज्ञहरुको भनाइ छ ।

Must View