नागरिक पोष्ट News


भारतमा फेरि मोदीलाई भारी बहुमत !

4.2K

काठमाडौं । भारतमा १७ औं लोकसभा अन्तर्गतको सबै चरणका मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएपछि प्रकाशित गरिएका एक्जिट पोलहरुले नरेन्द्र मोदी नै दोस्रो पटक सत्तामा पुग्ने देखाएको छ ।

विभिन्न एक्जिट पोलहरुले मोदीको नेतृत्वमा रहेको गठबन्धनले नै सत्ता जोगाउन सक्ने गरी बहुमत ल्याउने देखाएको छ । ५ सय ४३ सदस्यीय लोकसभामा राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले पाँच अघिको निर्वाचनका तुलनामा केही स्थान घटाए पनि स्पष्ट बहुमत ल्याउन अनुमान गरिएको छ ।

आइतबार सातौं तथा अन्तिम चरणको मतदान सकियो । यो चरणमा उत्तर प्रदेश, विहार, पश्चिम बंगालसहित सात राज्य र केन्द्र शासित राज्यका ५९ सिटका लागि मतदान भयो ।

यो चरणमा उत्तर प्रदेश र पञ्जाबका १३, विहार र मध्यप्रदेशका ८–८, पश्चिम बंगालका ९, हिमाञ्चल प्रदेशका ४, झारखण्डका र केन्द्र शासित चण्डीगढको १ सिटमा मतदान भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

यो चरणमा सबैभन्दा महत्वपूर्ण मानिएको वाराणसीमा प्रधानमन्त्री नरेन्द्र मोदी भाजपाका तर्फबाट उमेदवार छन् ।

उनको सामना सपाका शालिनी यादव र कांग्रेसका अजय रायले गरेका छन् । भारतको निर्वाचनमा केन्द्रीय सरकार बनाउने गरी प्रभाव पार्ने मुख्य पाँच राज्य हुन् । तिनमा उत्तर प्रदेश–८०, महाराष्ट्र —४८, पश्चिम बंगाल–४२, बिहार–४० र तमिलनाडु–३९ सिट भएका क्षेत्र हुन् । मतपरिणाम मे २३ मा एकै पटक आउँदैछ ।

Must View