पाँचथरमा ९ जनाको विभत्स हत्या: हत्या कसले र के कारणले गर्यो
पाँचथरमा २०७६ जेष्ठ ६ गते सोमबार राति ९ जनाको विभत्स हत्या भयो । हत्या कसले र के कारणले गर्यो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ भने संघीय सरकारबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टीम पनि घटनास्थलतर्फ तालिमप्राप्त कुकुरद्धारा शुक्ष्म अनुसन्धानमा जुटेको छ ।
स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्सअवस्था भेटिएको वडाध्यक्ष हस्तराज फियाकले बताउनुभयो । घटनामा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएको स्थानीय जयकुमार ढकालले जनता समाचारलाई जानकारी दिनुभयो ।
हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।
सम्बन्धित समाचारहरु पाँचथर हत्या प्रकरणः चार दिन अघि नुनमा सिसा मिसाएर हत्या प्रयासपाँचथर हत्या प्रकरणः ज्वाइँले गरे आत्महत्या ९ जनाकै विभत्स हत्या भएको गाउँपालिकामा अर्को शव भेटियो कसरी भयो ९ जनाको सामूहिक हत्या, यस्तो भन्छन् स्थानीय (अडियो) ढोका थुनेर खुकुरी प्रहार, ९ को हत्या पाँचथरमा ९ जनाकाे हत्या