नागरिक पोष्ट News


तपाईले ट्राफिकलाई छल्नुभो ? सीसीटिभीबाट निगरानी भइरहेको छ, बग्गीखानाबाट सीधै फोन आउँछ

4.2K

‘तपाईंले ट्राफिक नियम उल्लंघन गर्नु भएकाले बग्गीखानामा खानामा तुरुन्त आउनू । यसैगरी तपाइलाई बग्गीखानाबाट सीधै फोन आउन सक्छ, कारण तपाइले ट्राफिक नियम मिच्नुभो, ट्राफिकलाई छल्नुभयो भने, ट्राफिक प्रहरीले सीसीटीभीबाट लेन अनुशासन उल्लंघन गर्ने, ट्राफिक नियम मिच्ने सवारी साधनको निगरानी गरिरहेका छन् । नियम उल्लंघन गरी सवारीधनीलाई सीसीटीभी फुजेट प्रमाण देखाएर पहिलोपटक चेतवानी स्वरुप एक घण्टे ट्राफिक प्रशिक्षण कक्षा लिन लगाएर सचेत गराउँछन् । दुर्घटना गराउनेलाई भने ट्राफिक नियमअनुसार जरीवाना र दण्ड दुबै गराउँछन् ।

पछिल्लो पटक १६५ जनालाई ट्राफिक प्रहरीले सीसीटिभी  निगरानीबाट कारवाहीको दायरामा ल्याएका छन् ।  १६५ जनालाई २०७६ को वैशाखमा बग्गीखानाबाट ट्राफिक प्रहरीले गरे र नियम उल्लंघन गर्ने सवारी चालकले फोन रिसिभ गरेका थिए । सीसीटीभी फुटेज हेरेपछि आफ्नो गल्ती स्वीकार गरे र ट्राफिकको कारबाहीमा भोगे पनि ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई सीसीटीभीबाट निगरानी गर्ने र बोलाएर कारबाही गर्न थालेको छ । महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षा (एसएसपी) बसन्त पन्त ट्राफिक प्रहरी नभएको स्थानमा नियम मिच्ने प्रवृत्ति बढेपछि सीसीटीभीबाट निगरानी सुरु भएको बताउँछन् ।

Related image

महाशाखाले सीसीटिभी शाखा बनाएको छ, जसले सडकहरुमा गुडिरहेका सवारीले नियम पालना गरे/नगरेको हेर्छ । नियम मिचेको देख्नासाथै सम्बन्धित क्षत्रेका ट्राफिक प्रहरीलाई यसबारे जानकारी दिन्छ ।

त्यहाँ खटिएका ट्राफिकले नियन्त्रणमा लिन नसकेका तथा नभ्याएका सवारीको नम्बर नोट गरिन्छ । सवारीको विस्तृत जानकारी यातायात कार्यालयसँग मागिन्छ । यातायातबाट प्राप्त विवरणका आधारमा महाशाखाले सवारी धनीलाई फोन गरेर हाशाखा बोलाइन्छ  ।

‘बोलाउँदा पनि नआए हामी फेरि फलो गर्छौं,’ पन्तले भने, ‘अझ अटेरी गरे पत्र नै काट्छौं ।’ तीनपटकसम्म अनुरोध गर्दा वेवास्ता गरेर सवारी साधन नै नियन्त्रणमा लिएर जरिवाना गर्ने गरिएको छ  ।

सीसीटीभी निगरानीका आधारमा सडकमै कारबाहीमा पर्नेको संख्या ९९४ छ । यसले गर्दा ट्राफिक प्रहरी नदेख्नासाथै नियम मिचेर अघि बढ्ने प्रवृति निरुत्साहित हुने विश्वास ट्राफिक प्रहरी महाशाखाको छ  ।

Must View