नागरिक पोष्ट News


अहिले सेयर किन्ने उचित अवसर हुनसक्छ ! सेयर बजारले बुलिस ट्रेन्ड समातेको छ

3.8K

नेपाली सेयर बजारमा हल्लाकै भरमा कुद्ने जमात निकै ठूलो छ । आफूले सेयर किन्न खोजेको कम्पनीको अवस्था नजानी लहडमा लगानी गर्ने धेरै छन् ।

नयाँ वर्ष २०७६ सुरुवातसँगै सेयर बजारमा केही सकारात्मक सुधार देखिएको छ । बजार पनि दुई सय अंकले उकालो लागेको छ भने कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । यही मौकामा कम्पनी विशेषको नाम लिएर पुनः सेयर बजारमा चलखेल सुरु भएको चर्चा सर्वत्र चल्न थालेको छ ।

के अहिले सेयर किन्ने उचित मौका हो ?

सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासिक रिपोर्ट निष्काशन लगभग अन्तिम चरणमा पुगेका कारण अहिलेको बजार बढोत्तरी परम्परागत नै रहेको ठूला लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । उनको बुझाईमा सेयर बजार बिकासका केही नयाँ आधार बनेका कारण बजार बढ्न रोकिनुपर्ने कारण छैन । बजारले बुलिस ट्रेन्ड समातेको उनको विश्लेषण छ ।

सेयर विश्लेषक विष्णु बस्याल पनि बजारले बुलिस ट्रेन्ड समातेको आंकलन गर्छन् । अबको केही महिना बजार सकारात्मक नै रहने भएता पनि यति नै अकंमा पुग्छ भनेर किटान गर्न नसकिने उनको धारणा छ ।

दोस्रो बजारमा तीन थरी स्वभावका लगानीकर्ता छन् । एकाथरी ऋण धन गरेरै छोटो समयका लागि बजारमा सेयर खरिद बिक्री गर्छन् । तुलनात्मक रुपमा उनीहरु बजारबारे केही बढी नै जानकारी पनि राख्छन् । अर्काथरी लगानीकर्ताहरु बचेको पैसा सेयरमा लगानी गरौं भन्ने पनि हुन्छन् । उनीहरु बजारबारे केही मात्रै ज्ञान राख्छन् । तर ऋण गरेर सेयर किन्ने समूह बजारमा सबैभन्दा बढी प्रताडित छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेले कुन सेयर किन्ने र बेच्ने भनेर लगानीकर्तालाई निर्देशन गर्न सक्दैन । कम्पनीको आर्थिक अवस्था मुल्याङ्कन गरेर लगानीकर्ताले नै सेयर खरिद बिक्रीको निर्णय गर्ने हो । खासगरी लगानीकर्ताहरुले देशको आर्थिक, राजनीतिक वातावरण र कम्पनीको वित्तिय अवस्थालाई हेरेर लगानी गर्नुपर्ने हुन्छ ।

सेयर विश्लेषक बस्याल निस्क्रिय बसेको पैसा सेयरमा लगानी गर्न अहिले उत्तम समय भएको बताउँछन् । ऋण बिनाको लगानीले लामो समयमा प्रतिफल दिने उनको तर्क छ । 

Must View