नागरिक पोष्ट News


एसपी जीवन श्रेष्ठका १२ महिनाका १२ उत्कृष्ट प्रशंसनीय काम

3.1K

 सिरहा 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमूख एसपी जीवन श्रेष्ठको करिब १ बर्ष पुगेको छ । उनले एक टोल एक घण्टा, अवैध उत्खनन (नदीजन्य पदार्थ) नियन्त्रण, लागूऔषध नियन्त्रण, गुण्डागर्दी नियन्त्रण, जुवातास नियन्त्रण, काठ तस्करी नियन्त्रण, सवारी साधन चोरी, महिला हिंसा नियन्त्रण, रेप काण्ड, ज्यान मार्ने उद्योग, लुटेरा गिरोह पक्राउसहित विभिन्न कामहरुमा आफू र आफ्नो टिमबाट उत्कृष्ट कार्य प्रर्दशन गर्न सफल भएका थिए ।

नेपाल प्रहरीमा नै भिन्न शैलीका साथ आफ्नो शान्ति सुरक्षाका लागि उनी रातदिन नभनी कटिबद्ध रहेर काम गरेका थिए । लागूऔषधको अवैध कारोबार बढेका कारण यस क्षेत्रमा नै अपराधिक क्रियाकलाप बढ्नुका साथै नेपाल प्रहरीलाई नै ठूलो चुनौती थपिएको थियो । सिरहामा १२ महिनामा श्रेष्ठले विशेष अभियानका कारण झण्डैँ ८० प्रतिशतमा रहेको लागुऔषधको कारोबार १० प्रतिशतमा झरेको तथ्याकंले देखाएको छ भने मदिरा नियन्त्रण अभियानमा हजारौं लिटर नष्ट गरि नयाँ रेर्कड कायम गरेका थिए ।

लागूऔषधसँगै गुण्डागर्दी विरुद्ध शुन्य सहनशिलताका साथ कार्य गर्ने बताएका एसपी श्रेष्ठले लागूऔधष नियन्त्रण र गुण्डागर्दी विरुद्ध भने निर्मम तवरले उत्रिएको देखिन्छ । फरार अभियुक्त पक्राउ लगायत यस क्षेत्रमा सुशासन कायम गर्न कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता अनुसार नै विभिन्न कार्ययोजनाले उनले सिरहामा राम्रै सफलता हासिल गरेका थिए ।

“म यहाँ आएदेखि नै विशेष रणनितिका साथ मसहित मेरो टिमले विशेष काम गरेका थियौँ उनले भने । लागूऔषधको कारोबार, सेवन, ओसापोसार नियन्त्रणका लागि गृहमन्त्रालय, प्रहरीप्रधान कार्यालय र प्रदेश प्रहरीको कार्ययोजना अनुसार अघि बढेकै कारण ठूलो सफलता मिलेको हो ।” यस्तै घरेलु हिंसा, बैकिङ्ग कसुर, गुडागर्दी, हप्ता असुली, जुवातास, यौन व्यवसाय,मरिच , सुपारी ,मटर अवैध मदिरा लगायतका अपराधिक कार्यहरुमा समेत थप कठोर भएर प्रस्तुत भएकै कारण सफलता मिलेको हो । ट्राफिक व्यवस्थापनतर्फ अनियमितता, ओभर स्पीड कन्ट्रोल लगायतका विषयमा गम्भिर भएर लाग्ने उनको भनाई थियो ।

Must View