नागरिक पोष्ट News


शताब्दी पुरुष सत्यमोहन जोशी १०० वर्षमा, Happy Birthday

3.1K

काठमाडौं। शताब्दी पुरुष सत्यमोहन जोशी सय वर्षमा प्रवेश गरेका छन्। 

शताब्दी पुरुष जोशीकोे वि.स. १९७७ साल बैशाख ३० गते भएको हो। उनी ललीतपुरको बखुम्बहालमा जन्मिएका थिए। उनले काठमाडौंको त्रिचन्द्र कलेजबाट बि.ए.सम्मको अध्ययन गरेका छन्। त्यस्तै उनलाई काठमाडौं विश्वविद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ। उनी वि.स. २०१५ सालमा पुरातत्व विभागका पहिलो निर्देशक बनेका थिए।

त्यस्तै उनी ५ वर्ष गोरखापत्रका पत्रकारका रुपमा काम गरेका थिए। उनले २००१ सालदेखि २००६ सालसम्म पत्रकारको रुपमा लमजुङ र तनहुँका गाउँहरुमा पुगेका थिए।

शताब्दी पुरुष जोशीमा अझै पनि युवा जोश भरिएको छ । उनी आफ्ना दैनिकजसो कार्य आफै गर्छन्। प्रायजसो नजिकको यात्रा उनी पैदल नै गर्ने गर्छन्। टाढाको यात्रा भए मात्रै गाडीको प्रयोग गर्छन्। यो उमेरमा पनि न त उनले चस्मा लाउँछन्, न त कान सुन्ने मेसिन नै।

मदन पुरस्कारमा ह्याट्रिक नेपालमा वि.स. २०१३ सालमा मदन पुरस्कार गुठीको स्थापना भयो र त्यसै वर्ष उनले ‘लोक संस्कृति’ पुस्तक मार्फत मदन पुस्कार हासिल गरे। उनले यो पुस्तक गाउँगाउँ गएर लोक गीत संकलन गर्दै जाँदा लेखेका थिए।

त्यस्तै उनले ‘नेपाली राष्ट्रिय मुद्रा’ मार्फत वि.स. २०१७ सालमा मदन पुरस्कारमा तला थपे। उनले यस पुस्तकमा पाँचौ शताब्दीदेखि बिसौं शताब्दीसम्मको मुद्राको विस्तृत विवरण समावेश गरेका थिए। त्यस्तै उनले विं.स. २०२८ सालमा मदन पुरस्कारमा ह्याट्रिक (तेस्रो पटक) गरे।

उनले ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थबाट मदन पुरस्कारमा ह्याट्रिक गरेका थिए। त्यस्तै उनले सुप्रबल गोर्खा दक्षिणबाहु, विख्यात त्रिशक्तिपट्ट र आदिकवि भानुभक्त पुरस्कार प्राप्त गरेका छन्। उनलाई नेपाल सरकारले उज्जवल कीर्तिमान राष्ट्रद्वीपले पनि सम्मानित गरेको छ । उनी २०६९ सालमा पद्मश्री साधना सम्मानबाटसमेत सम्मानित भएका थिए।

अहिलेसम्म उनका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक ५ , काव्य २ र कथासंग्रह ५ तथा नेवारी भाषाका करिब ५० कृति प्रकाशित छन्।

Must View