फोक्सो सम्बन्धी बिरामीको लागि तामा अमृतसमान हुन्छ, जान्नुहोस् यसका फाइदाबारे
सब्जीको रूपमा पाक्ने परिकारमध्ये एउटा हो बाँसको तामा । अंग्रेजीमा बेम्बो शूट भनिने यो परिकारलाई हामी तामा भनेर चिन्छौं ।
हामी यसो त धेरैप्रकारका बाँसको तामा सब्जीको रूपमा प्रयोग गर्दछौं, तरै पनि प्रचलित रूपमा चोयाबाँस वा जुन बाँसबाट चोया बनाउन सकिन्छ ।
त्यस्ता बाँसको तामा खानेगर्छौं भने परेङ (सानो प्रजातिको बाँस, जसबाट चित्रा बनाइन्छ) को तामा पनि हामी सब्जीको रूपमा खान्छौं । ठूला बाँसको तामाभन्दा साना प्रजातिका बाँसको तामा खानको निम्ति निक्कै स्वादिष्ट हुन्छ ।
यसलाई परिकारको रूपमा कसरी तयार पारिन्छ भन्ने कुरा लगभग धेरै गृहिणीहरूलाई थाहा छ । यसको ताजा टुसाबाहेक बोत्तलमा अचारको रूपमा राखेर धेरै लामो समयसम्म प्रयोग गर्नसकिन्छ ।
यति कम चिनी हुने खाद्य परिकार अरु लगभग कुनै छैन ।यसमा फ्याट अनि सुगर पनि नगण्य रूपमा हुने हुनाले यसले कोलेस्ट्रोलको एलडीएल स्तर, लिपिड्स र बाउल फँक्शन कम गर्दछ, त्यसैले यो खाद्य परिकारलाई मुटुको स्वास्थ्यमैत्री खाद्य भनिएको छ ।
त्यस्तै गरी तामामा प्रोटिन भने उपयुक्त हुन्छ जसमा शरीरलाई चाहिने एमिनो एसिडको सबै प्रकारका मात्रा यथोचित हुन्छ जसको कारण यसले स्वास-प्रस्वासका कतिपय समस्याहरू कम गर्नमा वा निको पार्नमा ठूलो भूमिका खेल्दछ ।
हड्डी सम्बन्धी कतिपय रोगमा यो सब्जी गुणकारी हुँदैन, यद्यपि हड्डीको विकास तथा निर्माणमा तामामा हुने क्याल्सियमले सहयोग र्पुयाउँछ ।
कसरी तयार गर्ने त बाँसको तामा ?
तामा तयार पार्ने विधि
बाँसको तामालाई गुन्द्रुक जसरी नै पकाउने गरिन्छ । त्यसका लागि पहिला बाँसको कलिलो मुन्टा भाँचेर ल्याई स-साना टुक्रा बनाउनुपर्छ । त्यसलााई केहीबेर घाममा सुकाएर सुकाएर बेसार मोल्ने र सफा माटोको भाडो या डिब्बामा हावा नछिर्ने गरी बन्द गरि राख्नुपर्छ । त्यसलाई जति लामो समय राख्यो त्यति नै अम्लिएपन बढ्दै जान्छ ।
तामालाई पलास्टिकमा बाधेर जमिनमुनि महिनौसम्म गाड्ने परम्परागत तरिका पनि छ । तर, ब्याबसायिक रुपमा तामा उत्पादन गर्ने हरुले भने एयर टाइट बोटलमा भिनेगर र तामा राखी विक्रीको लागि राखेका हुन्छन् ।
तामाका परिकार
नेपालमा तामाको परिकार सिमित छन् । नेपालमा आलु बोडी तामाको तरकारी निकै प्रचलित छ । तामाको अमिलो अचार अर्थात तामाको मेसो पनि त्यतिकै लोकपि्रय छ ।
विदेशीहरुले यसलाई थुप्रै परिकारको प्रयोजनामा प्रयोग गर्छन् । खानाको सुरुवाती समयमा एप्पीटाइजर सलादको रुपमा तामालाई लिने गरिन्छ । तामाको सुप पनि विभिन्न थरीका तयार पारिन्छ । थाइल्यान्डमा तोम यम कोङग, चीनमा हट एन्ड सावरमा तामा अनिवार्य हुन्छ । चीनमा त तामाको २५० भन्दा बढी परिकार तयार हुन्छ ।
मासुमा तामा राखेर पकाउँदा पनि निकै स्वादिष्ट हुन्छ । बासको टुसालाई ताजै तरकारीको रुपमा प्रयोग गर्न पनि सकिन्छ ।
मेडिकल फाइदा
– बाँसको तामामा कार्बोहाइड्रेडको मात्रा अत्यन्तै कम हुन्छ । जसकारण मधुमेह रोगीको लागि यसका परिकार निकै फाइदाजनक हुन्छ ।
– बाँसको तामा क्यालोरी पनि न्युन हुन्छ । त्यसैले तौल घटाउन चाहनेहरुको लागि पनि यसले फाइदा पुर्याउँछ । – पाचन प्रकियामा समस्या छ भने पनि नियमित रुपमा तामाको सेवन गर्दा राम्रो हुन्छ । बिसाबमा सक्रमण भएका बिरामीलाई पनि तामाले औषधीको काम गर्छ ।
– गर्भबती महिलालाई पनि तामा निकै स्वस्थकर मानिन्छ । यस्ता महिनालाई गर्भवतिको अन्तिम महिलामा तामा खुवाउने गरिन्छ । – यसले ग्यास्टि्रक र अल्सरलाई निको पार्नमा भुमिका निर्वाह गर्छ । नियमित तामाको सेवनले क्यानसरको सम्भावनालाईसमेत कम गर्छ ।
– यो मुटु रोग, रक्तचाप, अत्याधिक कोलेस्ट्रोल, आन्तरिक घाउचोटको समस्यालाई नियन्त्रण गर्नका लािग तामाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
– फोक्सो सम्बन्धी बिरामीको लागि तामा अमृतसमान मानिन्छ । स्वासप्रश्वासको समस्याबाट ग्रसित विरामीलाई नियमित रुपमा तामा सेवन गर्दा ठूलो राहत दिन्छ ।
तामा एउटा स्वथ्यकर, पूर्ण र गुणकारी सब्जी हो । यसमा भिटामिन बि, भिटामिन ई र ए, नियासिन, रिबोफ्लाभिन, थियामिन र फोलेटहरू हुन्छ। त्यस्तै गरी खनिज तत्त्वहरूमा क्याल्सियम, म्याग्नेसियम, जिङ्क, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन हुन्छ ।
– यसमा प्रोटिन मात्रा भरपुर हुने भएकाले शरीरको प्रतिरोधक क्षमता बढाउँछ ।
– तामाको सब्जी खनाले पाचन समस्यामाका लागि लाभदायिक हुन्छ ।
– फोक्सो सम्बन्धी समस्या होस् या रुघा खोकी त्यसको नियन्त्रणको निम्ति तामा निकै लाभदायिक हुन्छ ।
– यसमा अत्यन्तै कम कार्बोहाइड्रेट्स तत्त्वहरू हुन्छ, त्यसैले मधुमेहका रोगीहरूका लागि तामा निकै लाभदायिक हुन्छ ।
– उच्च रक्तचाप भएकालाई तामा उपयुक्त सब्जी हो ।
– पेटको दुखाइका साथै अल्सर तथा आन्द्राका घाउहरू कम हुन तामाले सहयोग पुग्दछ ।
– यसमा क्यालोरी नहुनाले ऊर्जा दहनको अतिरिक्त परिश्रम अथवा कसरत केही गर्न आवश्यक हुँदैन ।
-यो मुटुको निम्ति मैत्री खाद्य हो । यसले कोलेस्ट्रोल नियन्त्रण गर्छ।
– यसमा फ्याट र सुगर अति नै कम हुनाले यसले कोलेस्ट्रोलको एलडीएल स्तर, लिपिडस् र बाउल फँक्शन कम गर्दछ
-तामामा रहेको फाइटोस्टेरोल्सहरू जस्तै क्लोरोफिल, एमिलेज र फ्लोभिनहरूले शरीरमा क्यान्सर विकासलाई नष्ट गर्दछ ।
– तामाले पिसाबघरका कतिपय समस्याहरू लाई निको पार्न औषधिको काम गर्छ।
-तामामा प्रोटिन उपयुक्त हुन्छ, जसले गर्दा श्वास-प्रस्वासका कतिपय समस्याहरू कम गर्नमा वा निको पार्नमा ठुलो भूमिका खेल्दछ ।
– झाडा-पखाला लाग्दा र पेटमा ग्यास बढेर पेट फुल्दा तामाको झोल बनाएर खाँदा औषधीको काम गर्दछ ।
-यसमा अति न्यून क्यालोरी हुनाको कारण यसले शरीरको ‘फ्याट लस’ वा बोसो घटाउन (सोझो अर्थमा ओजन कम गर्न) मा ठुलो सहयोग पुर्याउँछ।