नागरिक पोष्ट News


राजीव जैन यसरी बने पहिलो करोडपति हेर्नुहोस् (भिडियो सहित)

3.9K

काठमाडौं : एपी वान टेलिभिजनद्वारा सञ्चालित रियालिटी शो ‘को बन्छ करोडपति’मा विराटनगरका राजिव जैन पहिलो करोडपति बनेका छन्।। एपी वान टेलिभिजनमा आइतबार राति प्रसारित ‘को बन्छ करोडपति’को पहिलो सिजनमा उनले १ करोड जितेका हुन् ।

‘अहिले पनि म तपाईंलाई स्मरण गराइदिन्छु। गलत भयो भने तीन लाख बीस हजार। क्विट गर्नु भयो भने ५० लाख।‘

को बन्छ करोडपति प्रस्तोता राजेश हमालले अन्तिम प्रश्न सोध्नु अघि सहभागी राजीव जैनलाई स्मरण गराए।

तर, राजीवले आत्मविश्वासका साथ जवाफ फर्काए,‘सर पचास लाख त लान्न म। कि तीन लाख बीस हजार कि एक करोड।‘

उनले एक करोड रुपैयाँका लागि सोधिएको अन्तिम प्रश्न, ‘२००७ साल प्रजातन्त्रपछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो?’ को सहि जवाफ ‘२०१४ माघ १९ गते’ दिएर १ करोड जितेका हुन्।

Must View