नागरिक पोष्ट News


उच्च रक्तचाप ,ब्यस्त जीवनशैली ,तथा आहार आजको आवशयाकता ,

4.2K

 

उच्च  रक्तचाप , बिश्वभरि नै दिन प्रतिदिन बढ्दै गैरहेको छ। अहिले बितेको ४0 वर्षमा उच्च रक्तचाप को संख्या मा दोब्बर वृद्धि भएँको तथ्यांकले देखएको छ । यसको कारणले, अरु रोगहरु जस्तै , मुटु रोग्, हृदयघात , पक्षघात, इतयादि उच्च जोखिम रहेको छ ।

 

अमेरिका स्थित रोग नियन्त्रण तथा रोकथाम संस्थामा  गरिएको एउटा अनुसन्धानले ७५ मिलियन अमेरिकन  मानिसमाा उच्च रक्तचापको जोखिममा देखिएको छ । उच्च रक्तचापमा आहारको प्रमुख भुमिका रहेको हुन्छ । हरेक रोगहरुमा पोषणको मूख्य भुमिका हुन्छ नै । सन्तुलित आहार, खानपाान , जीवनशैलीले रहनसहन , इत्यादिले उच्च रक्तचापको जोखिमलाइ कम गर्न सकिन्छ । 

जुनसुकै रोगमा आहारको एकदमै ठूलो भुमिका रहेको हुन्छ , औषधीले मात्र ठीक हुन सक्दैन । औषधीको 20 प्रतिशतमात्रले काम गर्छन् भने, सन्तुलित आहार्, अभ्यास , खानपिन , जीवनशैली , सकरात्मक सोचाइले 80 प्रतिशत रोगहरु निर्मूल पार्न सकिन्छ ।

उच्च रक्तचापको लागि एउटा फरक खालको आहार छ, जस्लाइ अंग्रेजी भाषामा डयाश डाइट ( डाइटरी एपरोच टु स्टोप हाइपेर टेनसन ) भनिन्छ । यस्प्रकारको आहारले उच्च रक्तचापको सााथै अरु रोग जस्तै मुटु , हृदयघात, पक्षघात , मिर्गौला इतयाादि रोग हरु लाग्नु बाट बच्न मद्दत गर्दछ । यस्मा मूख्य रूपमा हरियो सागपात , तरकाारि , फलफूल, चिल्लो रहित दूध , गेडागुडी  रहेको हुन्छ । 

           यस्को फायदाहरु 

# मोटोपना घटाउन , क्यान्सर जस्तो जटिल रोग कम गर्न सकिन्छ ।

# यस्मा चिल्लो कम भएँको भएर मुटु रोग्, तथा तौलमा समेत नियन्त्रण गर्न सकिन्छ ।  

# क्यान्सर को जोखिम कम गर्छ , भन्ने बिभिन्न अनुसन्धानबाट भर्खर पत्तो लागेको छ , त्यस्तै उच्च कोलेस्टरोल तथा स्तन क्यान्सर पनि कम जोखिमपूर्ण देखिएको छ ।

# मुटु तँथा हृदयघात , एउटा महिलाको समुहमा गरिएको अनुसन्धानले , जसले यो आहारको सेबन गरेकोे थियो , त्यसको २0 प्रतिशत मुटु रोग तथा २९ प्रतिशत पक्षघात कम भएँको प्रमानित भएँको थियो ।

      यसको मूख्य खाद्यपदार्थहरु 

# रेसायुक्त अन्न तथा खाद्यपधार्थ फाइबर् युक्त अन्न जस्तै , चोकर सहितको गहुँको पिेठो , ओटस , कोदो, फापर्, चयाखलाा , उसिना चामल्, आदि । 

# हरियो साग्पात , 

हरियो , ताजा सागपाात तथा तरकाारि हरुमा पोटासियम, प्रचुर मात्रामा पाइन्छ्, जसले उच्च रक्तचापलाइ कम गर्न मद्दत पुर्याउछ । त्यस्तै लत्ते साग कर्क्लो साग , फर्सिको मुनटा , पालुङो , सलगम्, गान्तेमुला , इत्यादि, को सुप तथा जुस सेबन गर्नु पर्छ ।

# स्त्राबेरी , चेरि, सुन्तला , इत्यादिमा प्राकृतिक यौगिक पदार्थ पाइनछ्, जस्लाइ , फ्लाभोनोइड भनिन्छ , यसको प्रयोगले उच्च रक्तचापलाइ कम गर्न मद्दत गर्दछ । 

# गान्तेमुला , चुकन्दर , 

गानटेमुला , बिटरुट, आदि मा , नाइटिक, अक्साइड, पाइन्छ्, यसको जुसको सेबनले २४ घण्टामा नै राम्रो असर देखा पर्न थाल्छ । 

# मोही तथा चिल्लो नभएको दूध , दही

चिल्लो नभएको दूधमाा , क्याल्सियम्, पाइनछ्, अमेरिकन हट, एसोसिएसनले गरेकोे अनुसन्धानले महिलाले पाच दिन दही , मोहीको सेबनले २0 प्रतिशत उच्च रक्तचाप घटेको देखाएको थियो । 

# ओटस, जौ को चिउरा , 

यस्मा उच्च फाइबर , चिल्लो रहित्, कम्, सो,डियम , भएकोले बिहानको खाजा, नास्ता दैनिक समाबेस गर्दा , मधुमेह , मोटोपन, उच्च रक्तचाप इत्यादि बाट बच्न सकिन्छ । 

# केरा , सुन्तला , मौसम 

यिनिहरुमा पोटासियम, भएकोले, दैनिक सेबन गर्न सकिन्छ, । 

माछा - ओमेगा थ्री फ्याटि एसिड

माछा मा राम्रो खालको ओमेगा थ्री पाइन्छ्, साल्मोन माछाको प्रयोगले शरीरमा भएँको संक्रमणलाइ घटाउछ्,  साथै भिटामिन डि, पनि पाइन्छ्, तर तेलमा, दूबाएर तार्नु हुदैन्, । तरकारी जस्तै पकाएर खानु पर्छ । 

# बिउहरु 

सुर्यामुखी बिउ, फर्सिको , आलस्, मा, पोटाँसियम, म्याग्नेसियम्, तथा खनिज तत्ब हरु पाइने भएँकोले , लगातर पाँचै दिन सेवन गरेमा राम्रो फय्दा पाउन सकिन्छ । 

#  लसुन , जैतुनको तेल्, कालो चक्लेट , ओखर , पेस्ता, अनारको जुस्, आदि, जैतुनको तेलमा, पोलिफेनोल नामको , राम्रो, चिल्लो पदार्थ पाइन्छ्, जसको प्रायोगले, उच्च रक्तचाप , मधुमेह , मुटुरोग , आदि मा सहयोग पुर्याउछ्,। 

(स्रोत्-  हेल्थ लाइन माग्जिन , तथा अन्य स्वास्थ पत्रिका ) 

 

 

 

 

 

मिरा शाह

आहार तथा पोषण विशेषज्ञ 

किर्तिपुर अस्पताल ( फेक्ट  नेपाल )

बर्न तथा क्लेफट अस्पताल 

 

 

 

 

Must View