डिआइजी श्रेष्ठको अर्को धामाका भन्सार छलिका समान सहित मानिस पक्राउ
- आलोक यादव, सप्तरी
डिआइजी प्रबिन श्रेष्ठको मातहत बाट खटिएका सशस्त्र प्रहरि बल बर्दिबास टाेलिले निम्न परिमाणको भन्सार छ्ली पौठारि गरि नेपाल तर्फ ल्याउदै गरेका जिल्ला सप्तरी बोदेबर्साइन वाडा न- ७ सिरिपुर बस्ने ३५ बर्षको बरुण यादवको साथ बाट करिब १ लाख पचास हजार बराबरको लता कपडा र साथमा यमाहा एस ५ मोटरसाइकल १ थान पक्राउ गरि जिल्ला भन्सार कार्यालय सप्तरी बुझाएको छ , २ नम्बर सशस्त्र प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनु भयो।
रोकिएन् मिशन बोर्डर, दश लाखको मटर बरामद
आलोक यादव, लहान
सिरहाको माडर सीमाक्षेत्रबाट तेस्रो मुलुकबाट आयात चार सय ४० बोरा हरा मटर प्रहरीले आज बरामद गरिएको छ । सीमाक्षेत्रमा घर भाडा लिएर आठ महिनादेखि भारतीय नागरिक र नेपालका केही तस्कर मिलेर नेपालबाट भारत मटर पुर्याउँने गर्दै आएको छ । भारत पुर्याउँन तयारीमा रहेको अवस्थामा नेपाल प्रहरीको डिआईजी हरिबहादुर पालका टोलीले सो हरा मटर बरामद गरिएको छ । बरामद गरिएको मटर माडर भन्सारमा बुझाएको छ भने दूई मध्ये एक गोदाम खालि गरिसकेको छ । अर्का एक गोदाममा ४ सय ४० बोरा मात्रै मटर भारत लैजाने तयारीमा रहँदा प्रहरीले नियन्त्रणमा लिएको छ । भाडा लिएको घरदेखि २ सय मिटर दुरीमा नेपाल भारतको सीमा रहेको छ ।
त्यस सिमामा सशस्त्र प्रहरीको मात्र ड्युटी रहेको छ । स्थानीयहरु भन्छन् — तस्करहरुलाई संरक्षणको रुपमा सशस्त्र प्रहरीले नै आफ्नै अगाडिबाट मटर निकासी गराउँने काम भइरहेको छ । प्रहरीकै मिलोमतोमा राती १२ देखि ३ बजेसम्म सो मटर पिकअप गाडीले भारत निकासी हुने गरेको स्थानीयहरु बताउँछन् । बरामद गरिएको मटरको मूल्य करिब १० लाख रहेको छ भने एक क्वाँटलमा १८ सय नेपाली रुपैयाँ मुनाफा हुने गरेको छ भने बरामद गरिएको मटरमा करिब ४ लाख मुनाफा हुने रहेको छ । उक्त बरामद गरिएको मटर साक्षी इन्टरप्राइजेज लहान ८ को नाममा ८६ हजार १ सय र साक्षीकै नाममा २ लाख ४६ हजारको बैशाख २२ गतेको एउटै मितिमा दूई पटक वील काटिएको छ ।
यस्तै रुँगटा प्रोसेसिँग इण्डट्रीज निपनीमाल ८ (परवानीपुर ) वारा नाममा ३ लाख ९५ हजार २ सय ५० रुपैयाँको वील बैशाख २१ गतेको मितिमा काटिएको छ । उक्त खरिद गरिएको बील सुमन ट्रेड सेन्टर माडर सिरहा १६ को नाममा बील काटिएको हो । खरिद गरिएको मटर खुद्रा विक्री मात्र गर्न पाउँने प्रावधान रहेको छ । तर, तेस्रो मुलुकको मालसमान नेपालबाट प्रहरीकै मिलोमतोमा सहज रुपमा तस्करी हुँदै आएको छ । डिआईजी पालका टोलीले सिरहा १६ माडरको नाममा खरिद बील रहेकोमा सिरहा १७ माडरबाट अवैद्य रुपमा रहेको मटर बरामद गरिएको छ । जहाँ वाणिज्य दर्ता प्रमाणपत्रमा सुमन ट्रेड सेन्टरको कारोबार तीन लाखसम्म मात्र उल्लेख छ ।
डिआईजी पालको टोलीले पहिलो चोटी यत्ती धेरै परिमाणको मटर बरामद गरिएको छ । यसैबीच बरामद गरिरहेको अवस्थाको पत्रकारहरुले फोटो लिन खोज्दा नेपाल प्रहरीका असय रामबाबु यादवले रोक लगाएका थिए । असय यादवले ‘म कस्ता कस्ता पत्रकारलाई देखिसके तिमीहरुलाई ठीक हुँदैन ।’ ‘फोटो खिच्न पाइदैन भन्दैछु ।’ त्यसपछि पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधवराज खरेलसँग सम्पर्क गर्दा ‘प्रहरीले नियन्त्रणमा लिएको समानमा कहाँ पत्रकारको फोटोसोटो खिच्ने अधिकार छ ।’ ‘म भरै फोटोसोटो लिएर पठाईदेउला ।’ भन्दै डिएसपी खरेल पन्छिएका थिए । जिल्ला प्रशासन कार्यालय सिरहाका सिडियो रुद्रप्रसाद पण्डितले भने ‘मेरो मान्छे छैन त्यहाँ , म एसपी साहेवसँग कुरा गर्छु ।’ ‘त्यसपछि केही होला ।’ पत्रकारहरुले सिरहाका प्रहरी प्रशासनबाट निराशा पाएपछि डिआईजी पालसँग सम्पर्क गर्दा मात्रै फोटो खिच्न पाएका छन् । सिरहामा केही पत्रकारहरुले मिशन बोर्डर शुरु गरेकोमा हालसम्म सिमा अतिक्रमण, तस्करी तथा लुटपाटको घटना निरन्तर लेख्दै आएको छ ।