नागरिक पोष्ट News


पोखरामा बारम्बार हावाहुरी र भारी असिना पानी पर्यो यसरी

3.2K

पोखरा । वैशाखमा बारम्बार आएको हावाहुरीसहितको असिनापानीले पोखराका  विभिन्न १० स्थानमा रु पाँच करोड ४९ लाख  ५० हजार बराबरको भौतिक संरचना एवं कृषकले लगाएको तरकारी बालीमा क्षति पुगेको छ ।   कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजन ९एकाइ० सुपरजोन (तरकारी) अन्तर्गत निर्माण गरिएका भौतिक संरचना भत्कनुका साथै कृषकले टनेल भित्र र बाहिर लगाएको तरकारी बाली नोक्सान हुँदा ठूलो क्षति पुगेको हो ।

स्थलगत गरेको अध्ययन प्रतिवेदनअनुसार पोखराका विभिन्न सात वडामा तरकारी बालीका लागि आर्थिक वर्ष २०७४÷७५ निर्माण गरिएका चार स्थानका हाइटेक, चार स्थानका अस्थायी प्लाष्टिक घरसहित भित्र र खुलारूपमा  कृषकले लगाएको तरकारी बालीमा क्षति पुगेको सुपरजोन कार्यालय पोखराका प्रमुख वसन्त श्रेष्ठले जानकारी दिए।

हावाहुरी र असिनाले  राधिका एग्रो फार्ममा हाइटेक ग्रिनहाउस उडाउँदा छ लाख, डीआरएग्रो फार्ममा दुई लाख ५० हजार, वेगखोला दिदी बहिनी कृषि फार्म रु चार लाख र वरपिपल एग्रोमा रु दुई लाख क्षति पुगेको तथ्याङ्कमा उल्लेख छ।

त्यसैगरी अस्थायी प्लाष्टिक घर बालीतर्पm उजिर बुढाथोकीको चार लाख, लालप्रसाद न्यौपानेको रु एक लाख ५० हजार, विश्व सापकोटाको रु एक लाख तथा झौरीखेत कृषि सहकारी लिमिटेडअन्तर्गत खुलारूपमा लगाइएको तरकारी बाली नष्ट भएको ।

हावाहुरीसहितको असिनाले कृषकले व्यावसायिकरूपमा लगाएको काक्रो, घिरौला, लौका, साग, गाजर, काउली, मुला, बन्दा, साग, धनी, सिमी, गोलभेँडालगायतका मौसमी एवं बेमौसमी तरकारी एवं फलफुल खेती नोक्सान गरेको छ।

Must View