नागरिक पोष्ट News


Profile Story खारा जनयुद्धको साक्षी मनमाया, जसको शरीरमा अझैपनि साठी भन्दा बढि गोली छन्

3.7K

विभिन्न आक्रमणमा सहभागी भइसकेकी राममाया खारामा पनि खरो उत्रनेमा विश्वस्त थिइन् । तर, परिस्थिति बिल्कुल फरक बनिदियो । एकपछि अर्को गरी छापामार ढल्दै गए । युद्धको अग्रभागमा रहने एसल्ट ग्रुपकी मनमायालाई पनि गोली लाग्यो ।

मनमायाबाट राममाया बनेकी यि रमिता 
  • भौतिक मल्ल

दर्जनौँ माओवादीको ज्यान गएको र सयौँ घाइते भएको खारा युद्ध सम्झदा पनि मनमायाको अनुहार रातो हुन्छ ।  पहिलो एसल्टमा लडदा लडदै लडाई अर्कै मोडमा पुगेको उनले सुँइको समेत पाइनन् । सँगै लड्दै गरेका एसाल्ट कमाण्डर पनि ठाँउका ठाँउ ढले । नेपाली सेनाले एण्टी घेरा हालिसकेको रहेछ । मनमायामाथि दर्जनौँ गोली बर्षिसकेका थिए ।  वरिपरि लासैलासको लस्कर थियो ।

अघिसम्म जोडतोडले लडिरहेका सहयोद्धाहरु सहिद बनिसकेका थिए । शरीरबाट भल्भल्ती रगत आइरहेको थियो । चोट शरीरमा कति हुँदो हो, तर उनलाई चिन्ता खारा लडाइ के हुने हो भन्नेमै थियो ।लडाइ हारिएको र सेना अघि बढिरहेको हल्ला सुनियो ।

लास र घाइते कुरी बसेका कमरेडहरु सेना आउँदैछ भन्ने सुनेपछि भागे । तर, रोल्पाकी एक मगर कमरेड टसको मस भइनन् । राममायालाई आफ्नो भन्दा सरसाउँदी ती कमरेडको माया लागेर आयो । 

खाराको लडाइ त्यत्तिकै सकिएन । लडाइमा हार बेहोरेको माओवादीलाई सरकार त्यही घानमा थप घायल पार्न चाहन्थ्यो । त्यसैले सेनाले लडाइबाट फर्कदै गरेका माओवादीलाई पिछा गर्न छाडेन । ठाउँठाउँमा बमबारी जारी थियो । हिड्दाहिड्दै छापामारहरु ढल्दै थिए । खानुखुट्नु केही थिएन । मनमायालाई स्हारेर बस्ने अबश्था चाहेरपनि कोही माओवादीको थिएन । उनी बाटोमै अलपत्र परिन् ।

दर्जनौँ छर्राका कारण असह्य पीडा हुँदा उनी मृत्यु जति सक्दो चाँडो आइदिए हुन्थ्यो भन्ने कामना गर्दै रहिन् । मृत्युको प्रतीक्षा गरिरहेकी थिइन् मनमाया, तर आइपुगे कमाण्डर बहुबीर । मनमायाको त्यो अवश्था देखेर बहुबीरले डाँको छाडे । लडाइले लखतरान बहुबीरले मनमायालाई बोकेरै सुरक्षित स्थानमा पु¥याए । मनमायालाई मृत्युको मुखबाट जोगाउने बहुबीर पनि म्याग्दीको लडाइमा सहिद भए । मृत्युको मुखबाट थुतेर निकाल्ने परिवर्तन र बहुबीर सम्झिदा मनमायाको मन थामिदैन ।

- साभार : http://kusenews.com

Must View