नागरिक पोष्ट News


काठमाडौंको वायुमण्डलमा क्यान्सर, हृदयाघात, मस्तिष्कघात गराउने धुलोको कण भएको पुष्टि

4.2K

काठमाडौंको हावामा दुई दशमलव पाँच माइक्रोग्रामभन्दा साना धुलोका कण बढ्दै गएका छन् । ती कणहरुमा क्यान्सर, हृदयाघात र मस्तिष्कघात गराउने रसायनहरु हुन्छन् ।

त्यस्ता कण श्वासप्रश्वासमार्फत् सीधै फोक्सोमा पुग्छन् । फोक्सो हुँदै रगतमा प्रवेश गर्छन् । र, रक्तसञ्चार प्रणालीमार्फत् मुटुमा पुगेर जम्मा हुन्छन् । रगतमार्फत् नै मस्तिष्कमा जम्मा भएर मस्तिष्कघात गराउँछन् ।

काठमाडौंको वायुमा क्यान्सर, हृदयाघात, मस्तिष्कघात गराउने कण

उपत्यकाको वायुमण्डलमा हानीकारक रसायनहरुको मात्रा प्रशस्त भेटिन थालेको छ । उपत्यकाका ६ स्थानमा राखिएका वायु प्रदुषण मापक यन्त्रहरुको रिपोर्ट हेरौं । भैंसेपाटी क्षेत्रमा अहिले करिब ५० माइक्रोग्राम धुलो देखिन थालेको छ । वीरेन्द्र सैनिक स्कुल आसपासको क्षेत्रमा त त्यो ७९ माइक्रोग्रामसम्म पुगेको छ ।

शंखपार्क इलाकामा ५६ र रत्नपार्कमा ३० माइक्रोग्राम हाराहारीमा देखिएको छ, धुलो । वायु गुणस्तरसम्बन्धी मापदण्ड, २०६९ अनुसार धुलो ४० माइक्रोग्राम -पीएम-२.५) भन्दा बढी हुनु हुँदैन । काठमाडौंमा वषर्ायाममा त्यो पाँच माइक्रोग्राममा सीमित रहन्छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड छ, शहरी क्षेत्रमा २५ माइक्रोग्रामभन्दा बढी धुलो हुनु हुँदैन । काठमाडौंमा भने अहिले नै चार गुणा हाराहारीमा वायु प्रदुषण बढिसकेको छ ।

काठमाडौंमा कात्तिक पहिलो सातादेखि प्रदुषणको मात्रा उकालो लाग्छ, जुन माघ पहिलो सातासम्म उच्च रहन्छ । अर्को वषर्ायाम शुरु नभएसम्म अर्थात् जेठ अन्तिम सातासम्म उपत्यकामा धुलो र धुवाँको सघनता रहन्छ ।

Must View