नागरिक पोष्ट News


अर्बपतिको सूचीमा हिमालयन बैंक, बैंकको प्रगति विवरण यस्तो छ हेर्नुहोस्

2.5K
हिमालयन बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय विवरण सार्वजनिक भएको छ। उक्त वित्तीय विवरण अनुसार हिमालयन बैंक पनि अर्बपतिको सूचीमा परेको छ।  हिमालयन बैंकले चालु आर्थिक वर्षको ९ महिनामा दुई अर्ब एक करोड ४० लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष खुद नाफा १ अर्ब ८२ करोड ७० लाख २७ हजार रुपियाँ रहेको थियो । बैंकले गत वर्षको तुलनामा यस वर्ष खुद नाफा १० दशमलव २३ प्रतिशतले वृद्धि गरेको हो । त्यस्तै बैंकको बैंकले खुद ब्याज आम्दानीमा पनि १७ दशमलव १८ प्रतिशतको वृद्धि देखिएको छ।हिमालयनले यस अवधिमा खुद ब्याज आम्दानि ३ अर्ब ७५ करोड ३४ लाख ३५ हजार रुपैयाँ पुर्याएको छ । तेस्रो त्रैमाससम्मको अवधिसम्ममा बैंकको निक्षेप संकलन एक खर्ब ८ अर्ब ५८ करोड २१ लाख माथि पुर्याउँदा र कर्जा विस्तार ९३ अर्ब ७७ करोड ५३ लाख रुपैयाँ रहेको छ । करिब १० प्रतिशतले बचत संकलन बढाएको बैंकको ऋण लगानीको विस्तार १३ दशमलव ७० प्रतिशत छ । यता जगेडा कोषको आकार पनि बढेर ५ अर्ब १९ करोड ९ लाख ६० हजार रुपैयाँ पुगेको  छ । सञ्चालन नाफामा ३२.४९ प्रतिशतले वृद्धि गरी २ अर्ब ८६ करोड ५४ लाख ७५ हजार पुर्याएको छ । हिमालयनको चुक्ता पुँजी ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपैयाँ छ । बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ३२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ १७ पैसा रहेको छ ।

Must View