नागरिक पोष्ट News


काठमाडौंमा हैजाको जीवाणु फेला पर्यो, सचेत रहन आग्रह

4.2K

काठमाडौं । काठमाडौंमा हैजाको जीवाणु फेला परेको छ । प्रदूषित पानी सेवन गर्दा लाग्ने हैजाका बिरामी फेला परेका हुन् ।

काठमाडौं महानगरपालिका १३ का एक बिरामीको दिसा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको हो । ४५ वर्षीय ती बिरामीको दिसामा हैजाका जीवाणु फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर विवेककुमार लालले बताए ।

झाडापखाला भएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि भर्ना भएका थिए ।

उनको दिसाको नमूना संकलन गरी शुक्रराज अस्पतालको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले लेखेको छ ।

Must View