नागरिक पोष्ट News


प्रचण्डले जंगल पस्ने कुरा गर्दा यसरी हल्लियो नेपालको राजनीति

3.9K

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उस्तै परे आफु जंगल जान तयार रहेको अभिव्यक्तीले राजनीतिमा नयाँ तरंग पैदा गरेको छ। 

कार्ल मार्क्सको २ सय १ औँ जन्मस्मृति कार्यक्रममा आयोजित 'समृद्धि र समाजवाद : हामी कहाँ छौँ ?' विषयक विमर्श कार्यक्रममा उनले यस्तो बताएका थिए। उनले नेकपा भित्र ‘महाबहश’ हुनु पर्ने पनि संगसंगै बताएका छन्। 

ओली सरकार र पार्टीसंग निराश प्रचण्ड ! प्रचण्डको यस्तो अभिब्यक्तिका पछाडी पार्टीमा देखिएको ब्यक्तिवाद, गुट-उपगुट आदीको चक्करले प्रचण्डमा निराशा देखिएको छ। उनले आफ्नो मनतब्यको क्रममा पार्टिमा लाखौं कार्यकर्ता भए पनि एक्लै हिंडिरहेको जस्तो लागेको बताएका थिए। 

सरकारका बारे प्रश्न उठाउनेलाई अरिंगाल जसरि आक्रमण गर्न प्रधानमन्त्री ओलीले बारम्बार कार्यकर्ताहरुलाई अपिल गर्ने गरेका थिए। पछिल्लो समय उनले पार्टीका नेता-कार्यकर्ताहरुलाई पनि प्रश्न गर्न बन्देज लगाए जस्तै गरेका थिए। नीति तथा कार्यक्रममा नेकपा भित्र छलफल नै भएन। सांसदहरुले आफ्नो कुरा राख्नै पाएनन्। 

यसअघि पार्टीमा महिला प्रतिनिधित्वका बारे प्रश्न उठाउने महिला नेता-कार्यकर्ताहरुलाई ट्याउँट्याउँ नग्रन भन्दै अपहेलित ढंगबाट छेउ लगाईएको थियो। यस्ता अनेक घट्ना भैरहेको समयमा पार्टीमा ‘महाबहश’ चलाउनु पर्ने बेला भएको कुरा गर्दा कता कता अर्का अध्यक्ष ओलीसँग प्रचण्ड निराश भैसकेका पो हुन् की भन्ने आभास दिन थालेको छ। 

सरकारको आलोचनाको ग्राफ बढेको छ। पार्टीभित्र अन्योल छ। के बोल्ने नबोल्नेमा कार्यकर्ताहरु अलमलमा छन्। कसलाई प्रश्न गर्ने भन्ने निश्चित छैन। प्रधानमन्त्री ओली प्रश्नहरु रुचाउन छाडेका छन्। यस्तो बातावरणमा महाबहश कसरि हुन्छ होला नेकपा पार्टी भित्र ? पार्टीमा प्रश्न उठाउनेहरु बर्ग दुश्मन जसरि हेर्ने प्रवृती कार्यकर्ता मझ देखिएको छ।

Must View