नागरिक पोष्ट News


फानी तुफान २०० किमी प्रतिघण्टाको वेगमा, तुफानमा परी परि ३ जनाको मृत्यु

2.6K

काठमाडौं । भारतको ओडिसामा आएको फानी नामक समाुद्रि आँधीमा परि ३ जनाको मृत्यु भएको छ । बंगालको खाडीबाट विकसित सामुद्रिक आँधीमा परि आन्ध्रप्रदेशको श्रीकाकुलमा कैयौं घर ढलेका छन भने रुख ढल्दा विद्युत आपूर्ती समेत बन्द भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको समुद्री आँधीले प्रभावित पार्ने ठाँउका झण्डै ११ लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । 

यस्तै फानीको प्रभाव नेपालसम्म पनि देखिएको छ । फानीको प्रभाव शुक्रबार बेलुकाबाट प्रत्यक्ष देखिने भएकाले सतर्क रहन मौसमविद्हरुले जनाएका छन् । यसको असर देशका पूर्वी भागमा मेघ गर्जनका साथ पानी र चट्याङ पर्ने सम्भावना समेत रहेको छ ।

 

Must View