अंशको विषयमा घाटमा नै बुबाको शव जलिनसक्दै दाजुभाईबिच यसरी कुटाकुट भयो
काठमाडौँ । बावुलाई दागबत्ती दिएलगत्तै अशको निहुँमा छोराहरुबीच घाटमै झडप भएको छ । घटना हो झापाको हो । झापाको कमल गाउँपालिका-१ स्थित किस्नेघाटमा बावुको अन्तिम संस्कार भईरहँदा अंशको निहुँमा छोरा सहित भतिजबीच भएको सामान्य विवादले उग्र रूप लिँदा झडप भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ८५ वर्षको उमेरमा मंगलबार बिहान बितेका बावु रघुनन्द गौतमको अन्तिम संसारका लागि घाटमा पुगेर दागबत्ती दिए लगत्तै झगडा सुरु भएको हो ।
साइँला छोरा नरेन्द्र र काइँला छोरा कुलेन्द्रबीच अंशको निहुँमा हात हालाहालको स्थिति सिर्जना भएपछि मलामीहरुले झगडा छुट्याउन पुगेका थिए । मृतक रघुनन्दको ९बावु०को जिउनी कुलेन्द्रले कसैलाई पत्तो नदिई आफ्नो नाममा गरेको र बिरामी हुँदा कुनै चासो नदिएको भन्दै निस्किएको विषयमा सुरु भएको भनाभनले उग्र रुप लिँदा हात हालाहालको अवस्था नै सिर्जना भएको थियो । मलामा गएका बुहारीहरु पनि घाटमा नै झगडा गरेको स्थानीयले बताएका छन् । -ओएसनेपाल बाट