नागरिक पोष्ट News


अब कार्डविना नै एटीएमबाट पैसा यसरी निकाल्नुस्

4.7K

काठमाडौँ । नेपालमा अब कार्ड विना नै पैसा निकाल्न सकिने भएको छ । यो नेपालको लागी एक अनौठो प्रयोग हो । सिभिल बैङ्कसँगको सहकार्यमा हाम्रो टेक्नोलोजी प्रालिले कार्ड विना नै एटीएम भुक्तानी सेवा प्रयोगमा ल्याउन लागेको हाम्रो टेक्नोलोजीका सीईओ विष्णु महर्जनले जानकारी दिए । 

यसरी निकाल्नुस् विनाकार्ड एटीएमबाट पैसा ? पहिलो कुरा बैङ्क तथा वित्तीय संस्थामा गएर मोबाइल बैङ्किङ सेवा खोल्नुपर्छ । त्यसपछि तपाईको मोबाइलमा सम्बन्धित वित्तीय संस्थाको एम एप मोबाइलमा डाउनलोड गरेर राख्नुपर्छ । सुरुमा यो एपभित्र छिर्न छुट्टै पासवर्ड हुन्छ । त्यसपछि उक्त पासवर्ड तपाईले खोलेपछि मोबाइल बैकको एपमा पुगिन्छ । अथवा मोबाइल बैङ्क सेवा लिँदा दर्ता भएको फोन नम्बर त्यहाँ राख्नुपर्छ । यो नम्बर फिक्स हुन्छ । जहाँ एपमा विना कार्ड पैसा निकाल्न मिल्ने (कार्डलेस) एटीएम विकल्प राखिएको हुन्छ । उक्त ठाँउमा क्लिक गरेपछि ओटीपी अर्थात एक पटक प्रयोग गर्न मिल्ने ६ अकंको पासवर्ड आउँछ । यो पासवर्ड २ घण्टाको लागी मात्र मान्य हुनेछ । त्यसपछि रकम र कोड थिच्नुपर्छ त्यति गरेपछि उसले २५ रुपैयाँ शुल्क लाग्ने जानकारी गराउँछ ।

जब शुल्कमा ग्राहक मञ्जुर भएपछि उसले एक पटक प्रयोग गर्न मिल्ने पासवर्ड (सिङ्गल टाइम पासवर्ड) सम्बन्धित व्यक्तिको मोबाइलमा पठाउँछ । यो पासवर्ड लिएर एटीएम मेसिनमा जाने र मेसिनमा लेखिएको कार्डलेस एटीएम बटन थिचेर नेपालभरको जुनसुकै सिभिल बैङ्कको एटीएमबाट सो पासवर्ड लिएर पैसा निकाल्न सकिन्छ ।

Must View