नागरिक पोष्ट News


बंगालको खाडीबाट शक्तिशाली तूफान आउने सक्ने खतरा : सतर्क रहन भारतीय मौसमविद्को अपील

3.9K

काठमाडौं उपत्यका लगायत देशैभरीको मौसम केही दिनदेखि बद्लिरहेको छ । पश्चिमी वायुको प्रभावले गर्दा नेपालको मौसममा पनि प्रभाव परेको बुझिएको छ । बंगालको खाड़ीबाट आएको चक्रवाती तूफान ‘फेनी’ले अबको केही घण्टामा नेपाल लगायत भारतीय दक्षिणी राज्यहरुमा ठुलो आतंक मच्चाउन सक्ने देखिएको छ ।

भारतीय मौसम विभागले तूफानको असर तमिलनाडु, केरल र आन्ध्र प्रदेशमा पर्ने बताएको छ । फेनी तूफानले गर्दा दक्षिण पश्चिम बंगालको खाड़ीमा भारी वर्षात हुन सक्ने देखिएको छ । मौसम विभागले पुडुचेरी, तमिलनाडु र दक्षिण आन्ध्र प्रदेशमा ३ मे सम्म माछा मार्नको लागि नजानु भन्दै चेतावनी दिएको छ ।

चेन्नईका क्षेत्रीय तूफान चेतावनी केन्द्रका निर्देशक एस बालाचन्द्रका अनुसार अबको २४ घण्टामा यो तुफानले यी तीन राज्यमा ठुलो आतंक मच्चाउन सक्छ । बालाचन्द्रले फेनी नाम बंगलादेशको सुझावको आधारमा दिइएको जनाउनु भएको छ ।

तमिलनाडु र पुडुचेरीको तटीय क्षेत्रमा हावाहुरीको सम्भावना सँगै वर्षा हुने देखिएको छ । केरेल राज्यमा भोली र पर्सी हावाहुरी सहितको भारी वर्षाको सम्भावना रहेको छ । मौसम विभागले तमिलनाडुको तटीय ३० अप्रिल र १ मे मा सावधान रहन चेताएको छ ।

फनी आँधीले गर्दा पर्सी बंगालको खाडी क्षेत्रमा ठुलो हावाहुरीको सम्भावना रहेको छ । यसको असर नेपाल तराईका धेरै जिल्लाहरुमा पनि पर्ने देखिएको छ । पर्सी यस क्षेत्रमा चक्रवतीको रफ्तार १२० देखि लिएर १४५ किमि प्रतिघण्टा रहने देखिएको छ ।

नेपालको तराई र बंगालको खाड़ीको दक्षिण–पश्चिम र पश्चिम–मध्य क्षेत्रमा आतंक मच्चाएपछि उक्त आँधी दक्षिण भारततर्फ जाने बताइएको छ । उत्तरी तमिलनाडु, पुडुचेरी र दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रमा १ मे को बेलुकासम्म पुग्ने देखिएको छ ।

उक्त क्षेत्रमा हावाको रफ्तार १५५ देखि लिएर १७५ किमि प्रतिघण्टा रहने बताइएको छ । अबको केही दिन नेपालले पनि सावधान भइरहनु पर्ने देखिएको छ ।

Must View