नागरिक पोष्ट News


३० अप्रिल र १ मे सम्म फेनी तूफान आउन सक्ने ! सतर्क रहन भारतीय मौसमविद्को आग्रह !!

3.2K

एजेन्सी । भारतीय मौसम विभागले बंगलाको खाडिबाट आउने फेनी तूफानलाई लिएर चेतावनी दिएको छ । यो तूफानले आउने १२ घण्टामा गम्भिर रुप लिन सक्ने र २४ घण्टा भित्र यो तुफानले एक दमै खतरनाक रुप लिन सक्ने बताइएको छ ।फेनी तुफान उत्तर–पश्चिमा झन बढ्ने सम्भावना रहेको र त्यसपछि विस्तारै यो उत्तर–पूर्व बढ्नेछ ।

मौसम विभाग चेन्नईका अधिकारी एस बालचन्द्रनका अनुसार ३० अप्रिल र १ मे सम्म चक्रवाती तूफान तेज हुने सम्भावना रहेको छ । यस्तो तूफान ३० अप्रिल र १ मे सम्म तामिलनाडु र दक्षिण आन्ध्र तट को छेउमा पुग्न सक्ने पनि उनले बतए । चक्रवाती तूफान मे १ पछि आफ्नो दिशा फेर्ने र उत्तर पूर्वमा बढ्ने भारतिय मिडियामा उल्लेख छ ।

चक्रवाती तूफान (फानि) बंगालका खाडि र छिमेकी दक्षिण–पूर्वी खाडी मा ५ः३० बजे सम्म केन्द्रित रहने , जुन त्रिकोमाली (श्रीलंका ) बाट लगभग सात सय ४५ किलो मिटर पुर्वमा रहेको चेन्नई (तामिलनाडु ) बाट एक हजार ५० किलोमिटर दक्षिण – पूर्व मा र तमिलनाडु दक्षिण–पूर्व मा मछलीपट्टनम (आन्ध्र प्रदेश) बाट एक हजार दुईसय ३० टाढाँ रहेको छ ।

Related image

मौसम विभागले चक्रवाती तूफान फेनीलाई लिएर शुक्रबार केरलमा रेड अर्लट जारी गरेको थियो । हिन्द महासागर र बंगालका खाडिमा कम दबाव क्षेत्रबाट बनेको फनी चक्रवातले केरलका तटवर्ती इलाकामा भीषण तूफानसंगै पानि पर्ने सम्भावना रहेको बताइएको छ ।

Must View