नागरिक पोष्ट News


मानवचोला :एकदिन त मर्नुपर्छ, रीसराग घमण्ड गर्नु बेकार छ,जानकारीका लागि सक्दो शेयर गरौ

5.9K

साभार : Sidhaonlinekhabar.com

कुनै मान्छेको उमेर ४० वर्षको छ । ऊसँग घरजग्गा छ, परिवारमा श्रीमती, छोराछोरी र आमाबाबु पनि छन् । व्यापार छ वा जागिर, आम्दानीको स्रोत गतिलै छ । छोराछोरी पढेकै छन्, लाउन–खानको पनि कुनै सुर्ता छैन । समाजमा महसुस गरिने सामाजिक हैसियत पनि कमजोर छैन । तैपनि, ४० वर्षे व्यक्तिको मन शान्त छैन । सुख र आनन्दको महसुस जीवनमा कहिल्यै गर्न पाएको छैन । ४० वर्षे व्यक्तिको मात्रै होइन, ५० वर्षे वा ६० वर्षे वा त्योभन्दा बढी वा घटीको पनि हालत उस्तै छ । मनमा लोभ त्यस्तै, अहंकार त्यस्तै, बेइमानीपन त्यस्तै ।

मानवयात्रा : जन्मदेखि खरानीसम्म

अरुलाई सकेसम्म होच्याउँदा क्षणिक आनन्द महसुस गर्ने आदत उस्तै । कुल मिलाएर सकारात्मकभन्दा कयौैँ गुणा नकारात्मक र खराब चिन्तन लिएर बाँचिरहेको अवस्था । यसको, उसको, त्यसको, यहाँ बस्नेको, त्यहाँ बस्नेको, जतासुकै बस्नेको पनि हालत उस्तै ।यस्तो आखिर किन भएको हो ? सबै चीज भएर पनि केही नभएसरी अत्तालिएको मान्छेको यो खालको समस्याको कुनै समाधान छैन ? अवश्य छ । समाधानको उपाय हो– सत्यलाई स्वीकार्ने आँट । हो, निश्चित रुपमा कुनै पनि मान्छेले सत्यलाई मनन् गर्ने आँट गर्छ भने आफू त सुखी र खुशी हुन्छ नै, आफन्त भन्ने गरिएको र पराई ठान्ने गरिएको हरेक मान्छेलाई सुख र आनन्द दिन सक्छ ।

जन्म परिवर्तन हो भने मृत्यु पनि परिवर्तन हो । जन्मँदा एउटा आका रप्रकार हुन्छ भने मर्दाका बखत आकारप्रकार र रुप पूरै परिवर्तन भइसकेको हुन्छ । अब फेरि कुनै एक ४० वर्षे उमेरवाला व्यक्तिलाई उमेर बढाएर र घटाएर हेरौँ । ४० वर्षमा २० वर्ष उमेर थपेर हेरौँ । अनुहारमा चाउरीपन देखा पर्छ । काम गर्ने जाँगर जति ४० वर्षमा थियो, त्यति हुँदैन ।

खानाको मात्रा घट्छ । शरीरका अंगहरु केही मात्रामा गल्छन् ।६० वर्ष उमेरको त्यही व्यक्तिलाई अर्को २० वर्ष थपेर हेरौँ । उमेर ८० हुन्छ ।असी वर्षको उमेरवाला वृद्धलाई समाजका कुनाकाप्चामा भेट्न सकिन्छ । कपाल सेतै फुलेको हुन्छ । गाला पूरै नभए पनि ८० प्रतिशत चाउरी परेको हुन्छ । खाना खान मन लाग्दैन । किन पनि खानामा अरूचि देखा पर्छ भने खाना पचाउने इन्जिन नै पुरानो र शिथिल भइसकेको हुन्छ । स्मरणशक्ति कमजोर हुन्छ । आँखा धमिलो हुन्छ । शरीरबाट मासुको मात्रा कम हुन्छ । छाला हड्डीमा टाँसिन्छ ।

पाइला सार्न मुस्किल हुन्छ । श्वासप्रश्वासमा कमजोरी देखा पर्छ । कुल मिलाएर शरीरका प्रायः सबै अंगहरु पुराना र कमजोर हुँदै जान्छन्, ठीकसँग काम गर्न सक्दैनन् ।८० वर्षको मान्छेले दिसापिसाब पनि ठीक तरिकाले व्यवस्थापन गर्न सक्दैन ।कुनै बेला अर्काको आकर्षक ज्यान देख्दा लोभिएर मुखबाट पानी बगाउने मान्छे आफ्नो शरीर देख्दा घिन मान्ने अवस्थामा पुग्छ । त्यसमाथि फेरि २० वर्ष थपेर हेरौँ । यतिबेला ऊ १०० वर्षको हुन्छ । १०० वर्षको मान्छेसँग केही बाँकी रहँदैन, रहन्छ भने नसुन्ने कान हुन्छ । नदेख्ने, देखे पनि साह्रै धमिलो देख्ने आँखा हुृन्छ ।

यसको अर्थ १०० वर्ष पुगेर वृद्ध शरीर कतिबेला ढल्छ, थाहा हुँदैन । यतिबेलालाई शरीर छाड्ने वा मर्ने अवस्थाको कल्पना गर्न सकिन्छ र उमेर थपिएको सम्बन्धित व्यक्तिले आफूलाई १०० वर्ष पुगेको कल्पना गरेर मृत्युशैयामा बसेको र डढेर खरानीसम्म भएको सजिलै अनुमान र कल्पना गर्न सक्छ ।

आफ्नो खरानी आफैँ हेर्न पनि सक्छ । प्रमाण यही हो कि हिजो ४० वर्षको मान्छे आज खरानीमा परिणत भएको छ । त्यही ४० वर्षको मानिस भविष्यको खरानी हो । यसमा कसैले शंका नगर्दा हुन्छ र सत्य हो पनि यही ।अब त्यही ४० वर्षको मानिसलाई २० वर्ष उमेर घटाएर हेरौँ । अब ऊ २० वर्षको जवान भयो । उसको फूर्तिफार्ती बेग्लै हुन्छ । सीधामात्रै हेर्दैन, ऊ दायाँबायाँ पनि हेर्छ । किनकि, त्यो उमेर भनेको सीधामात्रै हेर्ने उमेर होइन, न त आफ्नो ज्यानमात्रैले चित्त बुझाउँछ । ऊ आफ्नो ज्यानको भन्दा ज्यादा अरुको ज्यानको खोजी गर्छ ।

मीठो खान खोज्छ र राम्रो लाउन खोज्छ । ढिला हिँड्न उसलाई मन हुँदैन । ढिलो भन्ने शब्दै मन पराउँदैन । जहिलेसुकै उसलाई हतारमात्रै हुन्छ । खान हतार, लाउन हतार, उठ्न–हिँड्न, यो गर्न र त्यो गर्न, दिनको काम गर्न दिनमा हतार, रातको काम गर्न रातमा हतार । ऊ सधैँभरि हतारमा हुन्छ ।

हुने पनि सुखी र नहुने पनि सुखी हुने सूत्र योभन्दा अरु फेला पार्न कुनै पनि हालतमा सकिने छैन । अब के यो सत्यलाई मनन् गर्ने आँट सबैमा पलाउला ? आजको मान्छे, भोलिको खरानी– जवाफ देऊ ।

Must View