हेर्नुहोस् कार्यालयका प्रमुख कार्यकक्षमै मस्त निद्रामा, प्रमुखको प्रतिक्रिया भने यस्तो
पत्रकार हरि कोइरालाले सामाजिक सञ्जालमा एक जना सरकारी कर्मचारी कार्यकक्षमै मस्त निन्द्रमा रहेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरे । उनको अगाडी नेमप्लेटमा पशु विकास अधिकृत श्यामानन्द यादव लेखेको प्रष्ट देख्न सकिन्छ । उनी मोरङ उर्लाबारीस्थित पशुपन्छी सेवा कार्यालयका प्रमुख हुन् । कार्यकक्षमा मस्त निद्रामा भेटिएका उनको तस्बिर रिपोर्टिगंका लागि सो कार्यालयमा पुगेका पत्रकारले खिचेर सामाजिक सञ्जालमा पोष्ट गरे । सो तस्बिर पुरानो पनि होइन । आइतवार दिउँसो कार्यालय समयमा सेवाग्राहीको भिड हुने समयमै उनी कार्यकक्षमै आफ्नो कुर्चीमा मस्त निन्द्रामा थिए ।
कार्यालय समयमा सेवाग्रहीको चाप थियो । तर उनी भने कार्यकक्षमा मस्त निद्रामा भेटिएका हुन् । रिपोर्टिङका लागि उनको कार्यकक्षमा पुगेका पत्रकार हरि कोइरालाले तस्बिर खिचेर सामाजिक सञ्जालमा सेयर गरेका हुन् ।
उर्लाबारी नगरपालिका कार्यक्षेत्र रहेको सेवा कार्यालय ४ नम्बर वडामा पर्छ । आइतबार गोबर परीक्षण गर्ने सेवाग्राहीको बाक्लो चाप थियो । गोबर परीक्षण गर्दा टाउको दुखेपछि आफ्नो चेम्बरमा रेष्ट गरेको उनले बताएका छन् । त्यतीबेलै पुगेका मान्छेले आफ्नो फोटो खिचिदिएको यादवले प्रतिकृया दिए । उनले आफुलाई निकै टाउको दुखेको र रेष्ट गरेको बताएका छन् । कार्यकक्ष सुत्ने ठाउँ नभएकाले माइक्रोस्कोपमा पटक पटक गोबर टेष्ट गर्दा टाउको दुखेपछि साथीलाई हेर्न लगाएर रेष्ट गरेको उनको भनाई छ ।