नागरिक पोष्ट News


वृद्धभत्ता हटाउने तयारीमा सरकार, अब छोराछोरीको कमाइबाट बुवाआमाको खातामा पैसा जम्मा गर्नुपर्ने

2.7K

सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ । हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो । यो समाचार  नागरिक दैनिकमा कमलराज भट्टले लेखेका छन् ।

वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन्। सरकारको प्रवक्तसमेत रहेका मन्त्री बाँस्कोटाले गौमुखी मिडिया सम्मेलन मा भने, ‘छोराछोरी टन्न कमाएर बाहिर हिँड्ने, बुबा आमालाई सरकारले वृद्धभत्ता दिएर पाल्ने कुराको थिति सधैँ राख्न सकिदैँन, राखिदैँन ।’

२०७४ सालमा सम्पन्न निर्वाचनमा वृद्ध भत्ता बढाउन दलहरु बीच प्रतिस्पर्धा नै चलेको थियो । चुनावी घोषणापत्रमा प्रमुख दलहरुले वृद्धभत्ता बढाएर ५ हजार पु¥याउने उल्लेख गरेका थिए । त्यति बेलाको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले वृद्धभत्ता बढाएर २ हजार पु¥याउनुका साथै ६५ वर्षमै पाउने व्यवस्था लागु गरेको थियो।

Must View