नागरिक पोष्ट News


काठमाडौंमा असिनासहित भारी वर्षा, ३ दिनसम्म मौसममा बदली रहने, सचेत रहनुपर्ने मौसमविद्को आग्रह

3.1K

काठमाडौं । उपत्यकामा असिनासहितको भरी वर्षा भएको छ। आगामी तीन दिनसम्म नेपालको पहाडी भू–भागमा मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुका कारण राजधानीको मौसम बिग्रिएको महाशाखाका मौसमविद् मिन कुमार अर्यालले जानकारी दिए । स्थानीय वायुको प्रभावमा भएको प्रि–मौसमको समयमा यस्तै हुने उनको भनाई छ । तुरुन्तै मौसय बदली हुने तुरुन्तै मौसम सफा पनि हुने फेरि केही समयपछि बदली हुने उनको भनाई छ ।

कस्तो छ तीन दिनसम्मको मौमस ? मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म देशभरको मौसम बदली हुनेछ । शुक्रबार राति देशको पहाडी भेगमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भु-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहनेछ। पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

बैशाख ०७ गते (शनिवार) दिउँसोः देशका पहाडि भु-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

रातिः देशको पहाडी भेगमा आंशिक बदली र अन्य भु-भागमा सामान्यतया सफा रहनेछ। पहाडी भेगका एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

बैशाख ०८ गते (आईतबार) दिउँसोः देशको पहाडि भु-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

रातिः देशको पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी पहाडी भेगका एक वा दुई स्थान लगायत पूर्वी र मध्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

Must View