नागरिक पोष्ट News


पापी प्रधानाध्यापक ! यौनहिंसाको आरोप लगाउँदा आफ्नै छात्राको आगो लगाएर यसरी हत्या गरे

3.4K

एजेन्सी । प्रधानाध्यापकविरुद्ध यौन हिंसाको आरोप लगाउने एक छात्राको विद्यालय परिसरभित्रै हत्या गरिएको छ । बंगलादेशको मद्रासा इस्लामिक स्कूलमा अध्ययनरत नुसरत जाहा राफीलाई विद्यालय परिसरभित्रै जलाएर हत्या गरिएको हो ।

ढाकाबाट १६० किलोमिटर टाढा रहेको फेनीमा बस्दै आएकी १९ वर्षीया नुसरतले निकै साहस गर्दै प्रधानाध्यापकले यौन हिंसा गरेको भन्दै उजुरी दिएकी थिईन् । तर उजुरी दिएपछि विद्यालय परिसरमै उनको जलाएर हत्या गरियो ।

मार्च २७ मा उनले आफूलाई स्कूलका प्रधानाध्यापकले अफिसमा बोलाएर अनैतिक तरिकाले पटकपटक छोएको जानकारी दिएकी थिईन् । आफूमाथि थप हिंसा हुनुअघि त्यहाँबाट भागेको उनले बताएकी थिईन् । बंगलादेशका थुप्रै किशोरी तथा महिलाले आफूमाथि भएको यौनहिंसालाई समाजको डरले गोप्य नै राख्छन् । नुसरत यसकारण भिन्न भइन् किनभने उनले यसविरुद्ध आवाज मात्र उठाइनन्, घटना भएकै दिन आफ्नो परिवारसँग पुलिस स्टेशनमा गएर यसबारे जानकारी दिइन् ।

एक स्थानीय पुलिस स्टेशनमा उनले आफ्नो बयान दर्ता गरिन् । उनलाई आफूमाथि के भएको थियो भनेर बताउनका लागि सुनिश्चित वातावरण प्रदान गर्नुपर्ने साटो एक पुलिस अधिकारीले बयान दिइरहेका बेला उनको भिडियो खिचे ।

उक्त भिडियोमा नुसरत निकै आत्तिएकी थिइन् र बारम्बार आफ्नो अनुहार हातले लुकाउन खोजिरहेकी थिईन् । उनले बयान दिइरहँदा पुलिसले ‘खासै ठूलो केही होइन’ भनेका थिए । पछि उक्त भिडियो स्थानीय मिडियाबाट सार्वजनिक भएको थियो ।

यौनहिंसा भएको ११ दिनपछि नुसरत अन्तिम परीक्षाका लागि स्कूल गइन् । नुसरतले दिएको बयान अनुसार उनका साथीले एकजना साथी कुटिएको भन्दै उनलाई विद्यालयको छतमा लगिन् । जब नुसरत छतमा पुगिन् तब बुर्का लगाएका चार–पाँचजनाले उनलाई घेरेर प्रधानाध्यापकविरुद्धको आरोप फिर्ता लिन दबाब दिए । जब उनले अस्विकार गरिन्, तब उनीहरुले उनलाई आगो लगाए ।

आगो लगाईएपछि उनलाई स्थानीय अस्पताल पुर्याईदा उनको शरीरको ८० प्रतिशत भाग जलिसकेको थियो । त्यहाँ उपचार सम्भव नभएकाले उनलाई ढाका मेडिकल कलेज हस्पिटल लगिएको थियो । एम्बुलेन्सभित्रै, आफू नबाँच्ने जस्तो लागेपछि, उनले आफ्नो दाइको मोबाइलमा बयान रेकर्ड गरिन् ।

 

 

Must View