नागरिक पोष्ट News


९ सचिबको सरुवा, कस्को सरुवा कहाँ भयो ?

5.5K

विभिन्न ९ जना सचिबको सरुवा र पदस्थापन भएको छ । मन्त्रिपरिषद्ले उनीहरुको सरुवा तथा पदस्थापना गरेको सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनका अनुसार सहसचिव हरिप्रसाद बस्याललाई बढुवा गरी पोखरास्थित प्रदेश नं ४ को मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा पदस्थापना गरिएको छ । यस्तै केवल भण्डारीलाई कर्णाली प्रदेशको मूख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रमुख सचिवमा पदस्थापन गरिएको छ । 

स्वास्थ्य मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ ।  कर्णाली प्रदेशका मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव राम प्रसाद थपलियालाई स्वास्थ्य मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ । 

प्रदेश नं १ को मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव केदार न्यौपानेलाई काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन गरिएको छ । 

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवको इरालालाई संघीय मामिलातथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीलाई कायममुकायमको जिम्मेवारी दिएर प्रदेश नं १ मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरिएको छ । 

अतिरिक्त समूहमा सचिव रहेका डा. हरि पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिवमा पदस्थापन गरिएको छ । 

राष्ट्रिय महिलाआयोगका सचिव अनिलकुमार ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिवमा पदस्थापन गरिएको छ ।

Must View