४० प्रतिशत प्रोत्साहन भत्ता ट्राफिक प्रहरी जवान र हवल्दारलाई दिइने
2.6K
ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ स्वीकृत भएको छ । निर्देशिका अनुसार ट्राफिक प्रहरीमा कार्यरत सिपाही र हवल्दारले ४० प्रतिशत भत्ता पाउनेछन् ।
प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई) ले २० प्रतिशत भत्ता पाउने छन् भने प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी नायब उपरीक्षक (डीएसपी) ले १० प्रतिशत भत्ता पाउनेछन् ।
उनीहरुले आफ्नो न्यूनतम तलब अनुसार भत्ता पाउने गृह मन्त्रालयका एक अधिकारीले बताए ।