नागरिक पोष्ट News


आरन चलाएरै छोरालाई इन्जिनियर बनाउने चन्द्रिका ठाकुरको जीवन संघर्ष यस्तो

3.6K

वीरगञ्‍ज महानगरपालिकाका वडा नम्बर-३० निवासी चन्द्रिका ठाकुरको उमेर ६८ वर्ष भयो। उनी अहिले पनि बिहान बेलुका तथा शरीरले भ्याएसम्म फलाम पिट्ने कार्य अर्थात आरन चलाउने गर्दछन्। आफनो पुर्ख्‍यौली पेशा अँगालेका ठाकुरले दिनरात मिहेनत गरी फलाम पिटेरै छोरालाई इन्जिनियर बनाउन भ्‍याए। ठाकुर बिहानैदेखि फलाम पिट्नमा ब्यस्त हुन्छन्।फलाम पिटेर अर्थात आरन चलाएर उनी आफ्नो तथा बाल बच्चाको समेत जिवीकोपार्जन गर्दै आएका छन्।

Source : Deshsanchar

चन्द्रिका ठाकुर: जसले आरन चलाएरै छोरालाई इन्जिनियर बनाए

गाँस, बास र कपास जोडजामपछि हरेक बुवा आमाको चाहना हुन्छ, छोरा-छोरी भविष्‍यमा डाक्टर, इन्जिनियर बनोस्। सामान्‍य परिवारलाई डाक्टर इन्जिनियर पढाउनु र बनाउनु निक्कै चुनौतीको विषय बन्दै आएको छ। तर, आरन चलाएरै छोरालाई इन्जिनियर बनाउन सफल भए।

समान्य परिवार जन्मिएका ठाकुरले बाल्‍यकालदेखि नै आफ्नो पुर्ख्‍यौली पेशा आरनलाई सम्हाले। सुरुमा आरन चलाउँदा १६ वर्षका थिए उनी। त्‍यतिबेला जम्मा २५ पैसामा काम गरेको अनुभव सुनाए।

Must View