किशोरीको उद्धार गरी प्रहरीको रोहवरमा परिवारको जिम्मा
भारत जान लागेको शंकामा आर डि सी नेपालले गौर बसपार्कबाट दुई किशोरीहरुको उद्धार गरेको छ । भक्तपुर जिल्ला बस्ने २० वर्षीय शान्ती साही र काभ्रे जिल्ला पनौती वडा नं. ६ की अकिता भन्ने अन्जली परियारलाई सामाजिक अभियान्ता तथा चेन्ज याक्सन नेपालकी अध्यक्ष्य इन्दिरा घले र सल्लाकार राजेश्वरी श्रेष्ठ का साथ उनीहरका घर परिवारमा बुझाउन भनी जिम्मा लगाएका थिए । सोही अनुसार अध्यक्ष्य इन्दिरा घले र सल्लाहाकार राजेश्वरी श्रेष्ठले पनौती प्रहरी कार्यालय वडा नं. ६ का सही शिवहरी कार्की ,सोही क्षेत्रका सामाजिक अभियान्ता तथा ६ नं. वडाका कार्यापालीका सदस्य ,पत्रकार सहितको रोहवरमा ती किशोरीहरु अकिता कार्की भन्ने अन्जली परियार र शान्ती साहीलाई उनीहरुको घरपरिवार पनौती वडा नं. ६ बस्ने कान्छी दमाई र गोकुल दमाई परियारलाई बुझाएको जानकारी सोही वडा का कार्यपालिका सदस्य केवल रम्टेलले जानकारी दिएका छन् ।