शैक्षिक गुणस्तर वृद्धि विषय केन्द्रित ज्ञानोदय माध्यमिक बिद्यालयको सरोकालवाला बैठक सम्पन्न
काठमाण्डौं ४ प्रत्येक वर्ष ज्ञानोदय मा वि ले सरोकाल वाला बैठक शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले पूर्व प्र.अ हरु ,पूर्व व्यवस्थापन समिती ,पूर्व शिक्षक शिक्षिकाहरु, सल्हाकारहरु र सरोकार वालाहरु वीच खुल्ला रुपमा कार्यक्रम गर्दे आएको छ ।त्यस्तै आज पनि विद्यालयले त्यसै गरी सरोकालवाल बैठक सम्पन्न गरेको छ । बैठकमा उर्मीला माली व्यवस्थापन समितीको अध्यक्षले यसरी सरोकालवाल बैठक राख्नु पर्ने र यसले भविष्यमा काम गर्न सजिलो बनाउने बताउदै ज्ञानोदय मा.वि को व्यवस्थापन सम्बन्धी बताउनु भयो । त्यसै गरी बैठकमा प्रमुख अतिथि ८ न.क्षेत्रका माननीय सासद जिवन राम श्रेष्ठले पनि पहिलाको ज्ञानोदय र अहिलेको ज्ञानोदय वचि फरक छुट्याउदै यस विद्यालयलाई राम्रो बनाउन सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । त्यस्तै पूर्व प्र.अ देव रत्न बज्राचार्यले पनि आफु पहिला आउदाको ज्ञानोदय सम्झदै हालको चित्रण गर्नु भयो र यो सबैको योगदानले गर्दा भएको बताउनु भयो । कार्यक्रमा हालका प्र.अ नातीकाजी मर्हजनले हाल सम्म विद्यालयले गरेको पसरी उपत्यकाकोनै राम्रो विद्यालयमा गनिनुमा सबै जनाको उतिकै हात भएको बताउनु भयो । त्यस्तै सो छलफल कार्यक्रममा पूर्व विद्यार्थी अध्यक्ष तथा सदस्य र पुर्व प्र अ हरले यस विद्यालयलाई यो भन्दा माथि लान अझ धेरै गर्नु पर्ने र यतिकै कायम राख्न पनि आफु सधै तयार हुनु पर्ने बताउदै विद्यालयको लागि भवन ,विद्यार्थीहरुलाई खेल्ने मैदान जस्ता अति आवश्यकका कुरा अझै पनी खाचो परेको बताउनु भयो । त्यसै गरी पिउने पानी र वातावरण मैत्री हुनु पर्ने भन्दै विद्यालयमा विद्यार्थी को सख्या अनुसार प्रयाप्त शिक्षक शिक्षिका हुनुपर्ने वताउदै यस विद्यालयलाई सबै जना अभिभावक ,पूर्व विद्यार्थीहरु,सरोकालवालाहरु,सामाज तथा राज्यले पनि सहयोग गर्नु पर्ने बताउनु भयो ।त्यसै गरी बैठकमा अन्य सल्लाहाकार पत्रकार मित्रहरु, तथा अन्य धेरै बोद्धिक तथा बुद्धीजिवीहरुको उपस्थित रहेको थियो ।
ज्ञानोदय माध्यमिक बिद्यालयको शैक्षिक गुणस्तर वृद्धिहेतु सरोकारवालाहरु (पूर्व प्र.अ. पूर्व व्यवस्थापन समितिका अध्यक्ष पूर्व विद्यार्थी शिक्षाविद सल्लाहकारज्यूहरु) माननीय संघीय तथा प्रदेश सभाका सदस्यज्यूहरु बाट विद्यालयको शैक्षिक भौतिक सामाजिक विकासमा जोड दिंदै अमूल्य सुझावहरु समेत प्रदान गरेका छन् .