'सम्वृद्धिसँग जोडौ नाता, सबै नेपालीको बैंक खाता 'अभियानमा हिमालयन बैंक पनि
नयाँ वर्ष २०७६ को अवसरमा नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गरेको छ, प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ज्येष्ठ नागरिकको उपस्थितिमा सो ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैँक खाता’ राष्ट्रिय अभियानको शुभारम्भ २०७६ बैशाख १ गते गर्नुभएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बीमा बोर्ड, नेपाल राष्ट्र बैँक र नेपाल बैँकर्स एशोसिएसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको सो कार्यक्रममा ज्येष्ठ नागरिकका लागि रु एक लाखसम्मको स्वास्थ्य बीमा समेत घोषणा गरेको प्रधानमन्त्री ओली गर्नुभएको छ । ।
राष्ट्रिय सभागृहमा भएको 'सम्वृद्धिसँग जोडौ नाता, सबै नेपालीको बैंक खाता 'अभियान शुभारम्भ कार्यक्रममा हिमालयन बैंकले पनि आफ्नो काउन्टर राखी राष्ट्रिय अभियानमा सहभागीता जनाएको थियो । सोही अवसरमा हिमालयन बैंकको काउन्टरको अवलोकन प्रधानमन्त्री के.पि. शर्मा ओलि ले गर्नुभएको थियो