श्वेता खड्काले बनाइन् माझी बस्तीमा यस्ता ५३ वटा सून्दर घर
2.7K
नायिका श्वेता खड्का फिल्म क्षेत्रमा भन्दा समाजिक क्षेत्रमा निकै लागी परेकी छन् । उनले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ भीमटार माझी बस्तीमा नमुना बस्ती बनाएकी छन् ।
उनले भीमटार माझी बस्तीमा ५३ वटा सुन्दर घर ठडाएकी छिन् ।नायिका श्वेता खड्काले ०७२ वैशाख १२ गते गएको भूकम्पबाट पीडितका लागि घरहरु ठडाएकी हुन् । भीमटारको माझी बस्तीका स्थानीयलाई लक्षित गरी नायिका खड्काले श्वेता श्री फाउन्डेसनमार्फत ५३ घर निर्माण सुरु गरेकी थिइन् । ४६५ वर्ग फिटमा निर्माण हुने घरको लागत प्रति घर लगभग सात लाख रुपैयाँ पर्न आउँछ । नायिका श्वेता खड्काले काम अन्तिम चरणमा पुगेको बताएकी छिन् ।