नागरिक पोष्ट News


बारा र पर्सामा आएको विनाशकारी हुरी, टोर्नाडो नै भएको पुष्टि, आँधी चितवनबाट सुरु भएको थियो

3.4K

 बारा र पर्सामा २८ जनाको मृत्यु हुने गरी आएको विनाशकारी आँधी चितवन राष्ट्रिय निकुञ्जमा सुरु भएको पत्ता लागेको छ ।

जल तथा मौसम विज्ञान विभाग, द स्मल अर्थ नेपाल र इसिमोडका वैज्ञानिकको टोलीले गरेको अध्ययनमा हावाहुरी चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको पाइएको हो । विभागले हुरी टोर्नाडो नै रहेको पनि बताएको छ ।

स्थलगत सूचनाहरु र अध्ययनको आधारमा विभाग उक्त विनाशकारी हावाहुरी टोर्नाडो नै रहेको निश्कर्षमा पुगेको छ । साथै उक्त टोर्नाडो चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको देखिन्छ’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ । वैज्ञानिकको टोलीले चैत २० देखि २४ गतेसम्म प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेर विभिन्न तथ्यहरु संकलन गरेको थियो ।

स्थलगत अध्ययनको क्रममा टोलीले प्रभावित क्षेत्रको ड्रोन तथा अन्य उच्च प्रविधियुक्त क्यामेराबाट भिडियो तथा तस्वीर खिच्नु र स्थानीयसँग अन्तर्वार्तासमेत गरेको थियो ।

Must View