नागरिक पोष्ट News


कन्डमको शतप्रतिशत ग्यारेन्टी हुँदैन, यसको प्रयोग गर्दा पनि यसरी गर्भ रहन सक्छ ?

3.7K

यौनसम्पर्कका बेला हुने बेहोसी वा सही तरिकाले उपयोग गर्न सकिएन भने यो भने जस्तो सुरक्षित नहुन सक्छ । यौनसम्पर्कका बेला फुट्ने वा सही समयमा सही तरिकाले नलगाउँदा पनि समस्या सिर्जना हुनसक्छ । कहिलेकाहीं प्रयोग अगाडि सही छरछैन भनेर नहेर्दा क्वालिटीले धोका दिन सक्छ । कतिपय कन्डमको प्याकेटमै लेखिएको हुन्छ– यदि तपाईंकी श्रीमती गर्भवती भए अचम्मित नहुनुहोस् ।

गलत तरिकाको प्रयोग कन्डम प्रयोग गरेर पनि गर्भ रहने कुरामा सबैभन्दा बढी यसको गलत प्रयोग जिम्मेवार हुन्छ । एक अध्ययन अनुसार कन्डम लगाउने तरिका र प्रयोगपछि यसलार्ई निकाल्दा सावधानी नअपनाए गर्भ रहन सक्ने सम्भावना सबैभन्दा बढी हुन्छ ।

यस्तो पनि कारण केही जोडीले बढी सावधानीको चक्करमा दुईवटा कन्डम वा पुरुष र महिलाको दुवै कन्डम एकैपटक प्रयोग गरेको पाइन्छ । यद्यपि यसबाट दुईवटा प्रयोग गर्नुको उद्देश्य भने पूरा हुँदैन । यसरी दुईवटा कन्डम लगाउँदा एक–अर्कामा घर्षण भएर यौन सम्पर्कका बेला कन्डम बाहिर निस्कन वा फुट्न सक्छ ।

कन्डम जाँच गर्ने कन्डम प्रयोग गर्नुअघि त्यसमा कुनै प्वाल छ वा मिति सकिएको छ जस्ता कुरा जाँच गर्नुपर्छ । त्यस्तो कुरा थाहा हुँदाहुँदै प्रयोग गरे गर्भ बस्ने निश्चितप्रायः छ ।

Must View