तीन दिनको मौसमी विवरण यस्तो छ :हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने अनुमान
3.5K
काठमाडौं । मौसमविदले तीन दिन देशभर बदली हुने बताएका छन् । साथै पूर्वी, मध्य र पश्चिम क्षेत्रका केही भागमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने अनुमान पनि छ ।
अहिले प्रि-मनसुन सिजन अलि बढी सक्रिय देखिएको छ । त्यसैले केही दिनयता बादल लाग्ने, वर्षा हुने र हावाहुरी चल्ने क्रम जारी छ । यद्यपि मौसमी प्रणाली छिटोछिटो परिवर्तन हुने हुँदा पूर्वानुमान गर्न गाह्रो हुने मौसमविदहरु बताउँछन् ।