नागरिक पोष्ट News


राशिफल २०७६ सालको : वृष राशि हुनेहरूको अढैया शनिलगायतका प्रतिकूल ग्रहगोचर

3.1K
वृष  (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) –

वृष राशि हुनेहरूको लागि यो वर्षको मध्यसम्म संघर्षको वाबजुत केही उपलब्धि हासिल गर्न सनिने छ । तथापि बढी ईच्छाएको काममा सफलता पाउन अल्लि कठिन छ । अपयशको पनि सामना गर्नुपर्ने देखिन्छ । व्यापारजन्य आय–आम्दानीको मात्रा केहीहद्सम्म बढ्नेछ । प्रतिकूल ग्रहको उपाय अप्नाउनाले राजनीति एवम् समाज सेवा र जागिर आदिमा साविकको भन्दा केही माथिल्लो भूमिका प्राप्त गर्नसकिने छ । केही अबरोधको बाबजुत अल्लिबढी मेहनत गर्नाले नयाँ पेशा–व्यवसाय तथा जागिर मिल्ने र पुरुषार्थ गर्न सकिने छ ।

विवाह योग्य युवायुवतीको लागि दाम्पत्यसम्बन्ध जोडिने छ । वैदेशिक यात्राको पर्खाइमा रहेकाहरूको ईच्छा पूर्ति हुने समय परेको छ ।भाद्र उपरान्त ग्रहको प्रतिकूलता बढ्नसक्ने आफ्नै र मान्यजनको स्वास्थ्यमा प्रतिकूलता आउनसक्ने छ भने आफन्तिजन टाढिनसक्ने भएकोले आवश्यक सावधानी एवं निवारणका उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।

अर्श (पाइल्स), पाचनक्रियाको समस्या, ग्रन्थी रोग, स्नायु तथा वातरोग, चोटपटक एवं घाऊखटिरा, ज्वरो जस्ता स्वास्थ्य समस्याको संकेत देखिएको छ । मधुमेह, उच्चरक्तचाप तथा हृदय रोग, दम आदिका दीर्घरोगीले विशेष सावधानी अप्नाउनु उचित हुनेछ । जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल भई सन्तानदोष व्यहोर्न परिहेकाहरूको लागि सावधानी अप्नाउन पर्ने देखिएको छ । विशेष गरी गर्भवतीहरूले बढी ध्यान पुर्याउन जरुरी हुनेछ ।  अढैया शनिलगायतका प्रतिकूल ग्रहगोचरको दुष्प्रभाव कम गर्न महावीर पवनपुत्र हनुमान, भैरवदेव, माँ भगवती र वर्षान्तमा माँ बगलामुखी तथा विद्यार्थीले माँ सरस्वतीको सेवा श्रद्धाभक्ति एवं स्तुति गर्नाले ग्रहको दुस्प्रभाव कम गर्न मद्दत हुनेछ ।

Must View