नागरिक पोष्ट News


वार्षिक राशिफल २०७६ को - मेष राशि, हुनेहरूको ग्रहहरू प्रतिकूल, उथलपुथल समय

4.3K

मेष राशि (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) 

मेष राशि हुनेहरूको लागि वर्ष सामान्यतया संघर्षप्रद देखिएको छ । वर्षको मध्यतिर भने केही सहज अनुभव गर्न पाइने छ । जन्मकालीन ग्रह अनुकूल हुनेहरूको लागि आकस्मिक लाभको अवसरहरू पनि मिल्ने छन् । प्रतिस्पर्धा आदिमा सफलता मिल्नेछ । मुद्धामामिला जन्य पक्षमा विजयी भइनेछ ।

जन्मकालीन ग्रहहरू प्रतिकूल हुनेहरूको लागि भने उथलपुथलजन्य छ । जागिर अथवा कार्यरत क्षेत्र तथा खाइपाई आएको सेवासुविधामा अबरोध देखिएको छ । व्यवसाय उद्यम आदिको बारेमा अप्रत्यासित प्रस्तावहरू आउनसक्ने छन् तर नबुझि स्वीकार गर्नु घातक पनि हुनसक्ने छ । दाजुभाइ एवं नातासम्बन्धमा अप्रत्यासित कष्ट तथा असमझदारी एवं वैमनस्यता हुने लक्षण छ, सावधानी अप्नाउनु होला । मान्यजनको कष्ट–वियोगसम्म व्यहोर्न पर्नसक्ने देखिएको छ । पछि पर्दाफास हुनेर ईज्जतप्रतिष्ठामा आँच आउने कैफियतपूर्ण कार्यप्रति मन आकर्षित हुने तथा कुसंगत हुनजाने सम्भावना छ, निकै होशियारी अप्नाउनु होला । शुरुमा धार्मिक–आध्यात्मिक मार्ग अथवा गुरुजनप्रतिको आस्थामा ह्रास आउनसक्ने भएता पनि वर्षको मध्यतिरबाट घटेको आस्था बढ्ने छ भने केही धार्मिक कार्य संपादन गर्न भूमिका निर्वाह पनि गर्न पाइने छ ।

भलै संघर्षको बढी अनुभूति किन नहोस् स्वकर्मलाई प्रसय दिने कर्मयोगीको लागि भने अपगाल तथा अपयशको बाबजुत अप्रत्यासित उपलब्धि र सफलता मिल्नेछ । फोक्सो, हात, घाँटी, घुँडा, पाचनक्रिया एवं लिभर, स्नायु तथा नशारोगसँग सम्बन्धित समस्या लाग्न वा बढ्नसक्ने संकेत छ । दम, उच्चरक्तचाप, मधुमेहलगायतका विमारी एवं महादशामा प्रतिकूल दशा चल्नेहरूले विशेष सावधानी अपनाउनु होला ।  यो वर्ष तपाईले माँ बगलामुखी, भैरवदेव र हनुमानदेवको साथै विद्यार्थीहरूले माँ सरस्वतीको वन्दना दर्शनभक्ति उपाशना गर्नु हितप्रद रहनेछ ।

Must View